Comments Add Comment

वीर अस्पतालमा जेनेटिक ल्याव सञ्चालन

डिएनए परीक्षणका लागि विदेश जानुपर्ने बाध्यता हट्यो

काठमाडौं । वीर अस्पतालले वंशाणुगत रोग परिक्षणका लागि आजदेखि जेनेटिक ल्याव सञ्चालनमा ल्याएको छ । नेपालमै पहिलोपटक शुरु गरिएको यस प्रकारको ल्यावमा मानिसको डिएनए तथा वंशाणुगत समस्या सम्बन्धी सम्पूर्ण जाँच गरिन्छ । नेपालमा डिएनए परीक्षण गर्ने ल्याब नहुँदा विदेश लैजानुपर्ने बाध्यता थियो ।

Bir-Hospitalस्थापनाको १२७ औं दिवसको अवसर पारेर वीर अस्पतालले झण्डै एक करोड रुपैयाँ लागतमा सो ल्याव सञ्चालनमा ल्याएपछि अब डिएनए परीक्षणका लागि विदेश जानुपर्ने बाध्यता हटेको छ ।

यस ल्यावले वंशाणुगत रोगका कारण हुने समस्या मात्र नभई चिकित्सकले पत्ता लगाउन नसकेको रोग पत्ता लगाउन समेत मद्दत पुग्ने वीर अस्पतालस्थित चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान -न्याम्स)का उपकुलपति डा. गणेश गुरुङ बताउँछन् ।

उनले क्रमिक रुपमा बढ्दै गएको क्यान्सर, सिकलसेल, एनिमिया, गर्भपात लगायतका वंशाणगुत रोगको उपचारका लागि यो ल्याबको सुरुवात गरिएको बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विश्व स्वास्थ्य संगठनको सहयोगमा सुरु भएको यो ल्याब हालका लागि जेनेटिक विशेषज्ञ डा. निलम ठाकुर तथा दुई ल्याव टेक्निसियनद्वारा सञ्चालनमा रहनेछ ।

‘आगामी दिनमा ल्याब सञ्चालका लागि अन्य जनशक्तिलाई आवश्यक तालिम दिएर यसलाई अगाडी बढाउनेछौ’, डा. गुरुङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment