Comments Add Comment

प्रकाश मानव अधिकार पुरस्कार मौलानालाई

१३ साउन, काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले हरेक बर्ष प्रदान गर्ने ‘२२ औं प्रकाश मानव अधिकार पुरस्कार’बाट यसबर्ष नेपालगञ्जका मौलाना अब्दुल जब्बर साफी सम्मानित हुने भएका छन् ।

Maulana-Abdulइन्सेकको पुरस्कार सिफारिस समितिले चार दशकदेखि सामाजिक सदभाव कायम गर्न तथा मानवअधिकार र सामाजिक न्यायका लागि क्रियाशील रहेको भन्दै नेपालगञ्जका मौलानालाई प्रकास मानवअधिकार पुरस्कार-२०७२ बाट सम्मान गर्ने निर्णय गरेको हो ।

पुरस्कार सिफारिस समितिले इन्सेकका पाँचै क्षेत्रीय कार्यलयबाट सिफारिस भएकामध्येबाट १ जनालाई पुरस्कारका लागि सिफारिस गरेको हो ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनूपराज शर्माको प्रमुख आतिथ्यमा नेपालगञ्जमा साउन १६ गते मौलानालाई पुरस्कार प्रदान गरिनेछ । पुरस्कारको राशी ५० हजार रुपैयाँको छ ।

इन्सेकका संस्थापक महासचिव स्व. प्रकाश काˆलेको स्मृतिमा २०५१ सालमा स्थापित ‘प्रकाश मानव अधिकार पुरस्कार’बाट यसअघि २१ जना सम्मानित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment