Comments Add Comment

कंगना रनौतः पत्रकारकै तिरस्कारदेखि बलिउड स्टारसम्म

विवादै विवादमा घेरिएकी एक नायिकाको कथा

kangana ranaut 1

सन् २००७ चलिरहेको थियो । हामी मुम्बइको जुहु इलाकामा रहेको एक चर्चित होटलमा बलिउड स्टारहरुको अन्र्तवार्ताका लागि पर्खिरहेका थियौ । चलचित्र ‘लाइफ इन अ मेट्रो’मा शिल्पा सेट्टी, साइनी आहुजा, कोंकणा सेन, इरफान खान, धमेन्द्र जैस जस्ता चलेका कलाकार थिए ।

जसको अन्र्तवार्ता लिनका लागि मिडियाकर्मी पर्खाइमा थिए । रिपोर्टरहरुको भीडमा खबर आयो कि, आज शिल्पा आएकी छैनन् । यसैले कुराकानीका लागि कोंकणा नै बाहिर आउनुपर्नेछ । म वेचैन भएको थिएँ । कोंकणा पनि गइन् भने कसको इन्टरभ्यू लिने होला ? बिहानदेखि प्रतिक्षा गरिरहेको थिएँ । त्यो दिन धेरै पत्रकारहरुले कंगना रनावतसँग कुराकानी गर्नका लागि अस्विकार गरेका थिए । उनीहरुलाई डर थियो कि, कंगनासँग कुरा गर्दै गर्दा कोंकणा निस्किइन् भने के होला ? यसैले धेरै पत्रकारले पीआरसँग विभिन्न वहानामा कंगनाको इन्टरभ्यू लिन अस्विकार गरिरहेका थिए । तर, मैले हुन्छ भनेपछि एउटा कोठामा बसेकी राम्री, पात्तली, कर्ली कपाल भएकी यूवतीसँग मेरो भेट भयो, जसको नाम थियो कंगना रनौत ।

यो हाम्रो पहिलो भेट थियो । म ४ बर्षदेखि मिडियामा थिएँ, उनले बल्ल २ वटा चलचित्रमा काम गरेकी थिइन् । पहिलो भेटमा कंगना मलाई कम बोल्ने, धेरै प्रश्न सोध्दा हडबडिने खालकी लाग्यो । मलाई लागेको थियो, यी यूवती बलिउडमा २-३ वटा चलचित्र खेलेर हराउनेछिन् ।

तर, कंगनासँग आजको दिनमा ३ वटा ‘राष्ट्रिय पुरस्कार’ र कैयौ हिट चलचित्र छ । विकिपिडियामा पनि लेखेको छ कि, कंगना हिमाञ्चल प्रदेशको एउटा सानो गाउँबाट आएकी यूवती हुन् । मेडिकलको पढाइ छाडेर उनी दिल्लीमा मोडल बनेकी थिइन् । फेरि, थिएटरमा काम गर्दा गर्दै मुम्बइमा आएर अभिनयमा भिजेकी थिइन् । मेडिकलको पढाइ छाडेपछि उनीसँग उनको परिवारले बोलचाल नै बन्द गर्‍यो । तर, जब उनको चलचित्र ‘लाइफ इन अ मेट्रो’ रिलिज भयो, परिवारसँग उनको मिलन भयो । आज उनको मेनेजर उनकी बहिनी रंगोली छिन् । यो चलचित्रमा काम गर्नु अगाडि कंगनाको करिअर बहुतै मुश्किल अवस्थामा बितेको छ ।

सन् २००७ मा कंगनासँग काम गरेका नायक इरफान खान भन्छन्-‘कंगना अब हिरो बनिसकेकी छिन् । उनीसँग काम गर्न मलाई उनको हिरोइन बन्नु पर्नेछ ।’ बलिउडमा उनको आदित्य पंचोलीसँग प्रेमको खबर पनि आयो ।
kangana ranaut
आदित्यले कंगनालाई बारम्बार पिट्ने गरेको खबर सार्वजनिक भैरहँदा उनकी बहिनी रंगोलीको अनुहारमा एक आसिकले एसिड फ्याकिदिएका थिए । यसले कंगनालाई धेरै नै विचलित बनाएको थियो । बलिउड पत्रकार मनोज खाडिलकर भन्छन्-‘कंगना दोश्री यूवती जस्ती छैनन् । जब, बहिनी र उनीमाथि त्यती ठूलो बज्रपात भयो, उनले आफू हिरो बन्ने फैसला लिएकी थिइन् । ‘क्विन’ रिलिज भएपछि मैले देखेको कंगना सुरुवातकी कंगना जस्तै नै थिइनन् । उनी कमजोर विलकुल थिइनन् ।’

अभिनयले धमाल मच्चाएकी कंगना अरुका कारण चर्चामा रहने गरेकी छिन् । कहिले सेटमै झगडा गरेको चर्चा त कहिले सोसाइटीमा लफडा गरेरै किन नहोस्, उनी चर्चामा रहिन् । कलाकार सेखर सुमनका छोरा अध्ययन सुमनले त उनलाई काला जादु गरेको आरोप पनि लगाए । कंगनाको नाममा विभिन्न खालका बिबाद त आयो नै, तर सबैभन्दा ठूलो बिबाद उनको करिअरमा नायक ऋतिक रोशनसँग जोडिएर आयो । कंगनाले ऋतिकलाई र ऋतिकले कंगनालाई एक अर्कालाई मानसिक रुपमा तनाव दिएको आरोप लगाएका थिए । यस बिषयमा प्रतिक्रिया दिदै ऋतिकले भनेका छन्-‘कसैले यो नसोचोस् कि यो मामला सकियो । म चाडै नै नयाँ कुरा लिएर आउनेछु ।’

लगभग ८ बर्षदेखि कंगनाको निकट रहेका निर्माता अजय धामा भन्छन्-‘कंगना जस्ती यूवती यो दुनियाँमा कमै मात्र भेटिन्छन् । जब कुनै सेलिब्रेशन हुन्छ, कंगना आफ्ना साथी र चलचित्रको टिमलाई बोलाएर रमाइलो गर्छिन् ।’
kangana ranaut 2
२ बर्षसम्म कंगनाको बडिगार्ड भएर काम गरेका आनन्द घाटगे भन्छन्-‘म्याडम आफूसँग काम गर्ने साना कलाकारको पनि खुबै ध्यान राख्नुहुन्छ । स्टाफको साथमा खानेदेखि जोक्स सुनाउनेसम्म उहाँले समय निकाल्नुहुन्छ । रमाइलो गर्न र बच्चाको साथमा समय बिताउन म्याडमलाई खुशी लाग्छ ।’

कंगनालाई पहिलो ‘राष्ट्रिय पुरस्कार’ चलचित्र ‘फेसन’बाट सन् २००८ मा मिलेको थियो । यसका निर्देशक मधुर भण्डारकर संझन्छन्-‘हामी बान्द्राको एक होटलमा भेटेका थियौ । कंगना यो भूमिकालाई लिएर खासै उत्साहित थिइनन् ।

तर मलाई थाहा थियो कि, यो भूमिका उनकै लागि बनेको हो ।’ मधुर अगाडि थप्छन्-‘उनले दुख देखेकी छिन् । उनी कुनै फिल्मी परिवार वा क्याम्पबाट आएकी होइनन् । आज उनी जुन स्थानमा छिन्, उनको आफ्नै मिहिनेत र डेडिकेशनका कारण छिन् । केही मानिस उनमा घमण्डीपन देख्छन् । तर, मैले ८ बर्ष अगाडि देखेकी कंगना र आजकी कंगनामा केही पनि फरक छैन । आज उनी बलिउडकी क्विन हुन् ।’

संजय मिश्रा, वीवीसी हिन्दी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment