Comments Add Comment

दौडिएर राजा नभएपनि स्वर्ण जितौंः प्रधानमन्त्री ओली

KP-Sharma-Oli

१३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेपनि नरहेपनि सधैं खेलाडीहरुको साथमा रहने बताएका छन् ।

दक्षिण एसियाली खेलकुद सागका पदक विजेता खेलाडीहरुको सम्मान कार्यक्रममा बिहीबार प्रधानमन्त्री ओलीले प्रधानमन्त्री हुनुसँग निर्णय आफैंले गर्छु कि गर्दिन भन्नेमात्र सम्वन्ध रहने बताए ।

प्रधानमन्त्रीबाट हटेपछि पनि आफू एमाले संसदीय दलको नेता रहने भन्दै उनले अरुबाट निर्णय गराउन सक्ने बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा खेलकुदको निकै महत्व रहेको बताए । विगतमा राजा छान्नसमेत दौड हुने गरेको भन्दै उनले भने, ‘दौडिएर राजा हुन त छाडौं, स्वर्ण त प्राप्त गरौं ।’

उनले राष्ट्रिय स्वाभिमान उठाउन सकियो भने देशलाई अघि बढाउन सकिने धारणा राखेे । आफ्नो नौ महिने शासनकालमा आफूले धेरै क्षेत्रमा हात हाल्नुपरेका कारण धेरै उपलब्धी नदेखिए पनि राष्ट्रियता भने मजबुत पारेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment