Comments Add Comment

नेपाली लेेखक संघको अध्यक्षमा श्रवण मुकारुङ

shrawan mukarung

१३ साउन, काठमाडौं । नेपाली लेखक संघको कार्यवाहक अध्यक्षमा वरिष्ठ उपाध्यक्ष कवि श्रवण मुकारुङलाई चयन गरिएको छ ।

संघको केन्द्रीय कार्यसमितिको बिहीबार राजधानीमा बसेको आकस्मिक बैठकले मुकारुङलाई कार्यवाहक अध्यक्ष चयन गरेको छ । अध्यक्ष रहेका नवराज लम्सालले पदबाट राजीनामा दिएपछि विधानअनुसार वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्ष चयन गरिएको संघले जनाएको छ ।

गत बैशाख १८ र १९ गते काठमाडौँमा सम्पन्न लेखक संघको छैटौं राष्ट्रिय अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

अध्यक्षमा निर्वाचित लम्सालले पटकपटक प्रयास गर्दा पनि अधिवेशनका निर्णय र दस्तावेजहरू पुरानो कार्यसमितिबाट प्राप्त हुन नसकेको कारण जनाउँदै एक साताअघि राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment