Comments Add Comment

तमोरले बगाएको पुल चाँडो बनाउन ठेकेदारलाई दबाव

Dovan-Pul--tamor
१३ साउन, ताप्लेजुङ । तमोर नदिमा आएको बाढिले बगाएको निर्माणाधिन मोटरेबल पुल यो वर्ष भित्रै सक्न ठेकेदार कम्पनिलाई दबाव पर्न थालेको छ ।

निर्माणको ठेक्का लिएको कम्पनि र सामान उत्पादन गर्ने कम्पनीले समयमा काम सकेकाले पुल बगाएको भन्दै २०७३ चैत भित्रनै निर्माण सम्पन्न गर्न स्थानीयदेखि संसद सम्मले दबाव दिएका छन् ।

केहि दिन अघि मात्र ताप्लेजुङ क्षेत्र नंबर दुईका संसद डम्बरधोज तुम्बाहाम्फे, एमाले सचिव योगेश भट्टराई र उत्तर दक्षिण ओलाङ्चुङ गोला लोकमार्गका प्रमुख कुबेर नेपाली सहितको टोलिले निर्माणको ठेक्का लिएका ठेकेदार र सामान उत्पादक कम्पनि हुलासका प्रतिनिधिलाई बोलाएर आगामि चैत भित्र काम सक्न दबाब दिएका हुन् ।

ठेकेदार कम्पनिका राम मैनाली र हुलास कम्पनिका इन्जिनियर उद्धब रानामगरलाई यस अघि पनि विभिन्न कारण देखाई काममा ढिला गरेकाले क्षति बेहोर्नुपरेको भन्दै आगामि चैत भित्र काम नसके कालोसुचिमा पर्ने गरी कारवाहिका लागि प्रकृया अघि बढाउने चेतावनी समेत दिईएको स्रोतले बताएको छ ।

उनिहरुले पुलको बिमा गरेको बताउँदै बिमा कम्पनीले अनुगमन गरी विमा बापतको रकम दिन साथ काम गर्ने बताएको संसद तुम्बाहाम्फेले बताए । बिमा कम्पनिका प्रतिनिधी साउन १८ गते सम्ममा आएर अनुगमन गरे चैतभित्र काम सकिने ठेकेदारले बताएको उनको भनाई छ ।

निर्माणाधिन पुल बगाउँदा दुई करोड पचास लाख बराबरको क्षति लोकमार्ग आयोजनाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment