Comments Add Comment

एनसेलको सहयोगमा टिचिङ हस्पिटलमा डायलाइसिस सेन्टर निर्माण

Ncell-at-Teaching-Hospital-
१३ साउन, काठमाडौं । एनसेलको सहयोगमा टिचिङ हस्पिटलमा डे केयर डायलाइसिस सेन्टर निर्माण भएको छ । यसले टिचिङ हस्पिटललाई मृगौला सम्बन्धि रोगको उपचारमा क्षमता अभिवृद्धि गर्ने छ ।

मृगौला सम्बन्धि स्वास्थ्य समस्या दिनानुदिन बढिरहेको बेलामा मृगौला सम्बन्धि रोगको उपचार देशभित्रै सहज बनाउने उद्देश्यले टिचिङ हस्पिटललाई डे केयर डायलाइसिस सेन्टर निर्माणका लागि एनसेलले आर्थिक सहयोग गरेको हो ।

नवनिर्मित डायलाइसिस सेन्टरमा १६ वटा डायलाइसिस मेसिनहरु राख्न सकिने क्षमता छ र सेन्टर संचालनका लागि आवश्यक पर्ने आरओ वाटर ट्रिटमेन्ट प्रणाली पनि जडान गरिएको छ ।

‘यो सेन्टरको संचालनले मृृगौलासम्बन्धि स्वास्थ्य सेवामा मानिसहरुको पहुँच वृद्धि भएको छ, मृगौलाको उपचार सहज बनाउने राष्ट्रिय नीतिअनुरुप यो सेन्टरले हस्पिटलको सेवा प्रदान गर्ने क्षमता बढाउने छ’ टिचिङ हस्पिटलका उपनिर्देशक प्राडा प्रेमकृष्ण खड्गले भने ।

हाल टिचिङ हस्पिटलले आफ्नो डे केयर डायलाइसिस युनिटमा संचालनमा रहेको तीनवटा डायलाइसिस मशिनहरुबाट दैनिक २५ देखि ३० जनालाई डायलाइसिस सेवा प्रदान गर्दै आएको छ । डा. खड्गका अनुसार सेवाको क्षमता अभिवृद्धि गर्ने योजनाअन्तर्गत हस्पिटलले चाँडै नै थपचार वटा डायलाईसिस मशिनहरु जडान गर्ने क्रममा छ ।

Ncell-at-Teaching-Hospital

एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत सर्जिकल ओपिडी भवनको तेस्रो तल्ल्लामा यो सेन्टर निर्माणका लागि सहयोग प्रदान गरेको हो । यसका लागि १ करोड ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरिएको थियो ।

१६ वटा डायलाईसिस मशिन जडान गर्न सकिने पुर्वाधार र डायलाईसिस मेसिन संचालानार्थ अतिआवश्यक आरओ वाटर ट्रिटमेन्ट सिस्टमबाहेक सेन्टरमा २० जनाको क्षमता भएको बिरामीमैत्री लिफ्ट पनि जडान गरिएको छ ।

मृगौला सम्बन्धि रोग एक प्रमुख समस्याका रुपमा देखा परेको छ । आंकडा अनुसार देशको कुल जनसंख्याको झण्डै ९ देखि १० प्रतिशत मानिसहरु मृगौला सम्बन्धि रोगबाट ग्रसित छन् । तीमध्ये ९० प्रतिशत दुवै मृगौलाले काम नगर्ने रोगबाट पीडित छन् ।

परिणाम स्वरुप मृगौला डायलाइसिस सेवाको माग एकदमै बढिरहेको छ । सरकारले पनि बिरामीलाई डायलाइसिस सेवा निःशुल्क उपलब्ध गराउने नीति अबलम्बन गर्दै आएको छ ।

‘मृगौला सम्बन्धि स्वास्थ्यउपचार प्रदान गर्नका लागि आवश्यक आधारभुत भौतिक पुर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा हामी हर्षित छौं’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने–‘हामीलाई आशा छ, यसले हस्पिटललार्ई सरकारको योजनाअनुरुप बिरामीहरुलाई अतिआवश्यक मृगौला उपचार सम्बन्धि सेवा प्रदान गर्नमा मद्दत गर्ने छ ।’

एनसेलले आफ्नो व्ययसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम ‘वी केयर’ अन्तर्गत टिचिङ हस्पिटललाई यो सहयोग प्रदान गरेको थियो । उक्त कार्यक्रमअन्र्तगत, कम्पनीले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरलाई पनि विश्वस्तरिय कार्डियोथोरासिक इन्टेन्सिभ केयर युनिट (आईसियु) स्थापना गर्न सहयोग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment