Comments Add Comment

अनौठो गाउँ, जहाँका मानिसले सर्पको विष पचाउँछन्, सर्पसँगै खेल्छन्

snakeभारतको बिहार राज्यस्थित समस्तीपुर इलाकामा एउटा सिन्धियाघाट नामक गाउँछ रहेको छ । उक्त गाउँका मानिसहरु यतिधेरै बलवान छन् की उनीहरुलाई जस्तोसुकै विषालुु सर्पले डसेपनि फरक पर्दैन ।

सर्पले डसेर सर्पको विष शरीरमा फैलिएपनि यो गाउँमा मानिसहरु मर्दैनन् अर्थात् यो गाउँका मानिसहरुले सर्पको विष पचाइदिन्छन् ।

नागपञ्चमीको अवसरमा त्यहाँ सर्पको मेला नै लाग्दछ र उक्त मेलामा मानिसहरु सर्पसँग खेल्दछन् । यसरी खेल्दा धेरै जनालाई सर्पले डस्दछ पनि । तर उनीहरुलाई केही हुँदैन । देवी भगवतीको आशिर्वादले गाउँका मानिसहरुमा सर्पले डस्दा कुनै असर नपर्ने विश्वास गाउँलेहरुको छ ।

यो गाउँका मासिनहरु गोमन लगायतका खतरनाक सर्पहरुलाई समेत पक्रेर घरमा राख्दछन् । दुनियाकै विषालु सर्पमा पर्ने गोम साँपलाई घरमा राखेर उहीँसँग खेल्दछन् र जिस्काउँछन् । बच्चाबच्चीहरुले त साना तिना सर्प शिवजीले झैँ गलामै लगाउँछन् ।

नागपञ्चमीको दिन हजारौँ श्रद्धालुहरुले नागदेवको पुजा अर्चना गर्छन् गाउँमा । पुजाआजापछि मानिसहरु गाउँ नजिकैको नदीमा गएर सर्प समात्दछन् । गाउँका सबै मानिसहरु सर्प समाउनमा माहिर छन् । यसरी समातेका र घरमा पालेका सर्पहरुको मेला नै लगाइन्छ । यस्तो मेला ३ सय वर्षदेखि चलिरहेको छ ।

सर्पको पुजा गर्दा र सर्पलाई दूध र धाका लावा चढाउनाले मनोकांक्षा पूरा हुने विश्वास गाउँलेहरुमा रहेको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment