Comments Add Comment

चार अर्ब बढी मानिस हेपाटाइटिसबाट पीडित

काठमाडौं । हेपाटाइटिस दिवस बिहीबार नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘हेपाटाइटिस बी’ का खोजकर्ता लौरियट बारुच स्यामुयल ब्लुम्बर्गको जन्मदिनको अवसर पारेर यो दिवस हरेक वर्ष जुलाई २८ तारिखमा विश्वभरी मनाइन्छ ।

Liverहेपाटाइटिस सम्बन्धी जनचेतना जनाउने उद्देश्यले यो दिवस ‘इलिमिनेशन’ भन्ने नाराका साथ विश्वभर मनाइँदैछ ।

हेपाटाइटिस एक प्रकारको सरुवा रोग हो । हेपाटाइटिस ए, बी, सी, डी र ई का नामले चिनिन्छ ।

विश्वमा पाँच सय करोड भन्दा बढी मानिस हेपाटाइटिस बी र सीको जाखिममा रहने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले जनाएको छ ।

कलोजो सुन्निने समस्याका कारण हेपाटाइटिस हुने गर्छ । केहीमा यो आफै निको हुन्छ । कहिलेकाहीँ यसले फाइब्रोसिस, कि्रर्होसिस लगायतका कलेजोको क्यान्सर निम्त्याउन सक्छ ।

हेपाटाइटिस विशेषगरी हेपाटाइटिसका किटाणु, व्याक्टेरिया, प्रासाइट लगायतका कारणले हुने गर्छ । कहिलेकाहीँ अन्य संक्रमण, अल्कोहल, लागुऔषध लगायतको प्रयोगले पनि हेपाटाइटिस हुने गर्छ । हेपाटाइटिस भइसकेपछि व्यक्तिमा उसको प्रतिरक्षा प्रणाली आफैले शरीरलाई हानी पुर्‍याउँछ ।

मुख्यतया हेपाटाइटिस ए र ई मानिसका दिसा तथा प्रदुषित खाना तथा पानीको संक्रमणबाट सर्छ । यसले दीर्घकालीन असर भने गर्दैन ।

त्यस्तै, हेपाटाइटिस बी, सी र डी रगत, रगतजन्य पदार्थ, सिरिन्ज तथा शारिरिक तरल पदार्थ, शारीरीक सम्बन्ध तथा आमाबाट बच्चामा सर्ने गर्छ । यो दीर्घकालीन असर गर्न सक्छ ।

गम्भीर प्रकृतिको हेपाटाइटिस विना लक्षण पनि देखा पर्न सक्छ । अथवा लक्षण स्वरुप जन्डिस, पहेलो पिसाब, चरम थकान, वाकवाकी, उल्टीबाट पनि देखिन सक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा चार सय करोड मानिस हेपाटाइटिस रोगबाट संक्रमित छन् । यद्यपी झण्डै ९५ प्रतिशतलाई उनीहरु यस रोगबाट पीडित भएका जानकारी नै छैन ।

व्यक्तिगत सरसफाईमा ध्यान दिए, राम्ररी पकाएर खाना खाए तथा साबुन पानीले राम्ररी हात धोएको खण्डमा पनि हेपाटाइटिस ए र ईबाट बच्न सकिन्छ ।

त्यसैगरी, सुरक्षित शारीरीक सम्पर्क गरेमा, रगत लागेका सुई, अस्पतालबाट निस्कने फोहर तथा संक्रमित उपकरण ध्यानपूर्वक प्रयोग गरेको खण्डमा पनि हेपाटाइटिस बी, सी र डीबाट बच्न सकिन्छ ।

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment