Comments Add Comment

जेनिशाको पीडाः प्रेमीसँग ब्रेकअप, फिल्मको व्यापार कमजोर

jenisha kc
विगत २ बर्षदेखि फक्रिएको प्रेमको फूल टुटेपछि नायिका जेनिशा केसी अहिले त्यो पल विर्सने बाटोमा छिन् । जेनिशाको एक यूवकसँग २ बर्षदेखि प्रेम थियो, जुन भर्खरै मात्र टुटेको छ । यही टुटेको प्रेमलाई विर्सने र किन टुट्यो भन्ने खोजीमा जेनिशा छिन् । मिडियासँगको संवादमा जेनिशाले यो कुरा खोलिन् ।

हुनत, जेनिशाको नाम कुनै समय नायक विराज भट्टसँग पनि जोडिएको थियो । भन्नेहरु भन्छन्, विराज भोजपुरी चलचित्रमा लागेपछि जेनिशाको करिअर पनि ध्वस्त भएको हो ।

विराज फेरि नेपाली चलचित्रमा फर्किसकेका छन् । तर, जेनिशासँग उनले काम गर्ने संभावना छैन । जेनिशाले अभिनय गरेको चलचित्र ‘एक पल’ साउन २१ गतेबाट रिलिज हुँदैछ । ठूलो ब्यानर, चलेका निर्माता, चल्तीका कलाकारसँग काम गर्न नपाएपछि जेनिशाको करिअर ओरालो लागेको हो ।

कि आफै चल्नुपर्छ, कि अरुको साहारा चाहिन्छ । तर, जेनिशाको हकमा यी दुबै कुरा छैन । एकातिर प्रेममा लागेको पूर्णविराम, अर्कोतिर अस्ताउँदो करिअर । जेनिशालाई अहिले ‘पीडा छ हजुर पीडा’ भनेजस्तै भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment