Comments Add Comment

प्रचण्डलाई कठोर बन्न सुझाव

prachanda१४ साउन, काठमाडौं । कांग्रेससँगको  गठबन्धनमा सरकारको नेतृत्व गर्न लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सरकार र पार्टी दुबै सञ्चालन गर्दा कठोर बन्न पार्टी नेताहरुले सझाव दिएका छन् ।

पार्टी र सउरकारको नेतृत्व गर्दा मन कमलो नबनाउन र दुढ भएर अगाडि बढ्न सल्लाह दिँदै नेताहरुले प्रचण्डलाई कूटनीतिलाई सन्तुलित बनाउन सुझाव दिएका आजको अन्नपूर्णमा समाचार छ ।

सरकारको नेतृत्व गरेको ६ महिनाभित्र जनताले अनुभूति गर्नसक्ने गरी सरकार सञ्चालन  गर्न र महाधिवेशनलाई केन्दि्रत गरी पार्टी सञ्चालन गर्न छुट्टाछुट्टै नेताको टिम बनाएर अगाडि बढ्न नेताहरुले सुझव दिएका छन् ।

सरकारको राजनीतिक दिशा बनाउन प्रचण्ठले पार्टी नेताहरुसँग सुझाव मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment