Comments Add Comment

दुई वर्षभित्र उत्तरी नाका सडक सञ्जालमा जोडिने

पाँच वर्ष भित्र चार नाका जोडिने

road-1१४ साउन, काठमाडौं । सरकारले उच्च प्राथमिकतामा राखेको उत्तरतर्फका चार नाका अबको दुई वर्षभित्र सडक सञ्जालमा जोडिने भएका छन् ।

सडक विभागका अनुसार अबको दुई वर्षभित्र मुस्ताङको कोरालापास, रसुवाको केरुङ, सिन्धुपाल्चोकको तातोपानी र संखुवासभाको किमांथांका नाका मुलुकको सडक सञ्जालमा जोडिनेछ ।

विभागका सिनियर डिभिजनल (सिडिई) इन्जिनियर लक्ष्मीदत्त भट्टले उत्तरको चारवटै नाका जोड्ने सडकको निर्माण कार्य दु्रतगतिमा अघि बढेको बताए ।

‘उत्तर जोड्ने नाकाकेन्द्रित सडक निर्माणका काम द्रुतगतिमा अघि बढेका छन् । बाधा अवरोध नआए अबको दुई वर्षभित्र उत्तरी नाका मुलुकको सडक सञ्जालमा जोडिनेछन् । यसले विकासको नयाँ ढोका खोल्नेछ,’ उनले भने ।

विभागका अनुसार निर्माणाधीनमध्ये सबैभन्दा धेरै प्रतीक्षित रसुवाको केरुङ नाका जोड्ने सडक खण्डको निर्माण कार्य दु्रतगतिमा अघि बढेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

गल्छी—त्रिशुली —बेत्रावती— मैलुंग (४८ कि.मि.) सडक खण्ड निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ । अवको दुई वर्ष भित्र उक्त सडक दुई लेनको बन्ने छ । यसका लागि एक अर्व १० करोड रुपैयाँ बजेट बिनियोजन भइसकेको छ ।

मैलुंग—स्याफ्रुवेशी खण्ड १८ कि.मि. सडक भने नेपाली सेनाले ट्याक खन्ने काम गर्दैछ । ट्रयाक अवको डेड वर्षभित्र खनि सकिनेछ । त्यस लगतै उक्त सडक दुई लेनको हुने गरि कालो पत्रे गरिनेछ । स्याफ्रुवेशी—रसुवागढी सम्मको १६ कि.मि. सडक खण्ड भने चिन सरकारले निर्माण गरिदिने छ । यसका लागि चिनियाँ सरकारबीच सहमति भइसकेको छ ।

अर्को बहुप्रतिक्षित मुस्ताङस्थित कोरालापास जोड्ने सडकको निर्माण कार्य पनि दु्रतगतिमा अघि बढेको छ । विभागका अनुसार अवको दुई वर्ष भित्र बाग्लुङको बेनी—जोमसोम (७५ कि.मि.) सडक खण्ड दुई लेनको हुने गरि कालोपत्रे गरिनेछ ।  जोमसोम— कोरला (१०० कि.मि.)मा ग्रावेलिङ गर्न ठेक्का सम्झौता भइसकेको छ । यस सडक पनि  दुईलेनमा स्तरोन्नती हुनेछ । अर्को बहुप्रतिक्षित संखुवासभाको किमाथांका नाका अवको दुई वर्ष भित्र मुलुकको सडक सञ्जालमा जोडिने छ ।

सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने सडक पनि अवको दुई वर्ष भित्र दुई लेनमा विस्तार गरिनेछ । भुकम्प र पहिरोका कारण तातोपानी नाका जोड्ने सडक जिर्ण अवस्थामा पुगेका छ ।

पाँच वर्ष भित्र अन्य चार नाका पनि जोडिने

सडक विभागका अनुसार मुलुकको सडक सञ्जालमा उत्तर तर्फको अन्य चार नाका पनि अवको पाँच वर्ष भित्र जोडिने छन् । हुम्लाको हिल्सा, दोलखाको लामाबगर, दार्चुला हुँदै तिब्बतको टिङ्ग्री, बझाङ हुँदै तिब्बतको ताक्लाकोट नाका अवको पाँच वर्ष भित्र मुलुकको सडक सञ्जालमा जोड्ने विभागको योजना छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment