Comments Add Comment

मधेसी दल सरकारमा नजाने

Madhesi-morcha

१४ साउन, काठमाडौं ।  मधेसी मोर्चासहितको संघीय गठबन्धनमा आबद्ध दलले कांग्रेस–माओवादी गठबन्धनको सरकारमा सहभागी नहुने प्रस्ट पारेका छन् ।

११ बुँदे मागमा लिखित प्रतिबद्धता जनाएपछि मात्रै सरकारको समर्थन गर्ने मधेसी दलका नेताहरूको भनाइ छ। ‘कांग्रेस–माओवादी गठबन्धनको सरकारमा सहभागी हुने कुनै सम्भावना छैन,’ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले  भने, ‘अहिलेको सरकार मोर्चाका लागि कागलाई बेल पाक्यो, हर्ष न विस्मातजस्तै हो ।’

नयाँ बन्ने सरकारले आफूहरूको मागलाई कसरी लिन्छ, त्यसै आधारमा समर्थन र सरकारमा सहभागिताका विषयमा निधो हुने संघीय समाजवादी फोरमका नेता अशोक राईले बताए ।

‘पहिले हामी छलफल गर्छाैँ, हाम्रा मागलाई अब बन्ने सरकारले कसरी लिन्छ, त्यही आधारमा समर्थन गर्ने, सरकारमा सहभागिता जनाउने–नजनाउने विषयमा निर्णयमा पुग्छौं,’ राईले भने । अाजको नयाँ पत्रिकामा समाचार छ ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष्ँ महेन्द्र राय यादवले पनि तत्काल सरकारमा सहभागी हुने संभावना नरहेका बताए ।

‘हाम्रा मागमा सहमत भएको लिखित प्रतिवद्धता आउनुपर्छ त्यसो भएपछि मात्रै हामी सरकारलाई समर्थन जनाउन सक्छौं । तर सरकारमा सहभागी हुदैनौं ।’ यादवले भने । मधेसी मोर्चासहितको संघीय गठबन्धनका ४१ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment