Comments Add Comment

अनेरास्ववियु बाढी पहिरो प्रभावितको उद्धारमा जाने, सहयोगको अपील

१४ साउन, काठमाडौं । नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्ववियु बाढी पहिरो प्रभावितको उद्धार तथा राहतको लागि प्रभावित क्षेत्रमा जाने भएको छ ।

akhilअनेरास्ववियु भोलि मोरङ जिल्लाबाट सुरूहुने उद्दार र राहतको काम क्रमश सप्तरी, सीराहा, धनुषा, मकवानपुर, म्याग्दी, बागलुङ, गुल्मी, प्युठान, दाङ, बाके, बर्दियालगायत बाढी पहिरो प्रभाबित जिल्लामा जाने तयारी रहेको अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माद्वारा जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्ती जारी गर्दै संगठनले केन्द्रीय टोलीले खाध्यान्न,औषधिका साथै स्वास्थ्य स्वयमसेवकको टिम प्रभावित क्षेत्रमा परिचालन गर्ने जनाएको छ ।

टोलीले सम्बन्धित जिल्लामा अनेरास्ववियु जिल्ला कमिटीसँगको को समन्वयमा स्थानीय प्रशासन संघसंस्थासगँ मिलेर उद्दार र राहतको काम गर्ने जनाएको छ ।

प्रवक्त शर्माले भने,’बाढी पहिरोका कारण तराई र पहाडी क्षेत्रका नागरिक समस्यामा छन्, हामी चाहन्छौं विपतको यो अवस्थामा सबैले आ-आफ्नो स्थानबाट सक्दो सहयोग गरौं ।’ उनले बाढी पहिरो पीडितको समस्या समाधान गर्न सरकार गम्भिर बन्नु पर्ने बताए ।

यसैबीच, अनेरास्ववियुले सप्तरीको सीमा दशगजाको खाडो नदीमा भारतीय पक्षले लगाएको तटबन्ध र उक्त क्षेत्रमा भएको घटनाको भत्सर्ना गर्दै राष्ट्रीयता र सीमा रक्षाका निम्ती अनेरास्ववियु जस्तोसुकै मुल्य चुकाउन पछि नपर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment