Comments Add Comment

पाथिभरा गोल्डकपका लागि सुन लेपन गरिएको दुई किलोको कप

१४ साउन, ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालन हुने पाथिभरा गोल्डकप फुटबलका लागि दुई तोला सुन लेपन गरिएको दुई किलो चाँदीको कप बनाइने भएको छ ।

Pathibhara gold uup taplejungजिल्लाकै सबैभन्दा ठूलो फुटवल प्रतियोगिताका लागि पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिले सो कप बताएको हो ।

कञ्चनजंघाबाट पाथिभरा नामाकरण गरिएको प्रतियोगिताका लागि तिर्थयात्रीले पाथिभरा मन्दिरमा चढाएको चाँदी र सुनको प्रयोग गरी कप बनाईएको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिका उपाध्यक्ष रणवहादुर कार्कीले बताए । खेलकुदको माध्यमबाट समेत पाथिभराको प्रचार गर्ने उद्धेश्यले खेलको नाम परिवर्तन गर्दै कप बनाइएको कार्किको भनाइ छ ।

कप निर्माणमा करिब ३ लाख ५० हजार खर्च भएको बताईएको छ । सो प्रतियोगिता यहि साउन २८ गते देखि सदरमुकामस्थित भानुजन उच्च माविको खेल मैदानमा सुरु हुँदैछ ।

भारतको सिक्किम, भुटान, मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी ८ टिमको मात्रै सहभागीता गराउने आयोजक समितिले यस अघिनै पत्रकार सम्मेलन मार्फत जनाएको छ ।

लाखौं दर्शकले अवलोकन गर्ने प्रतियोगितामा २० लाख खर्च हुने लाखेजात्रा खेल सञ्चालन समिति अध्यक्ष युगराज गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment