Comments Add Comment

भेनिस फिल्म फेष्टिवलमा दयाहाङ

Dayahang-Rai1काठमाडौं । दयाहाङ राइले मुख्य भुमिका निर्वाह गरेको चलचित्र ‘द ह्वाइट सन’ विश्व प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा छनौट भएको छ ।

दीपक रौनियार निर्देशित ‘द ह्वाइट सन’ मा दयाहाङको अतिरिक्त आशा मगराती, रवीन्द्र सिंह वानिया, सुमी मल्ल र अमृत परियारले मुख्य भुमिका निर्वाह गरेका छन् । निर्देशक रौनियारले ट्वीट गर्दै आफ्नो फिल्म छनौटमा परेको उल्लेख गरेका छन् ।

नेपाल, अमेरिका, कतार र नेदरल्याण्डको संयुक्त लगानीमा बनेको ‘द ह्वाईट सन’ मा शसस्त्र द्धन्दकालमा सरकार र विद्रोहीका विचारसंग सहमति राख्ने दाजुभाईको कथा पेश गरिएको छ ।

रौनियार निर्देशित चलचित्र ‘हाइवे’ बर्लिन फिल्म फेस्टिवलमा देखाइएको थियो । इटलीको भेनिस, फ्रान्सको क्यान्स र जर्मनीको बर्लिन फिल्म फेस्टिवल विश्वका ठूला फेष्टिवल मानिन्छ ।

पूजा गुरुङ र विभुषण बस्नेतको निर्देशन रहेको छोटो फिल्म ‘देद्या’ पनि भनिस फिल्म फेष्टिवलमा परेको छ । परमिल दमाई र छमकला दमाईको मुख्य भुमिका रहेको ‘देद्या’ मा बृद्ध दम्पत्तिले गाउँ छाडेर जाँदा सम्झने अनौठो शैलिलाई प्रस्तुत गरिएको छ ।

गत वर्ष मिन भाम निर्देशित ‘कालोपोथी’ले भेनिसको क्रिटिक्स वीकमा उत्कृष्ठ फिल्मको अवार्ड जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment