Comments Add Comment

रामदेबलाई तीज गीत सुनाउने तयारीमा शोभा त्रिपाठी

shova-tripathi_1काठमाडौं । विभिन्न टेलिभिजनमा योगगुरु रामदेवको योगा हेर्दै प्रवचन सुनेकी गायिका शोभा त्रिपाठीले सोचेकी थिइनन् । योगगुरुसँग एउटै मञ्चमा बस्न पाइन्छ ।

यसपाली तीजमा त्यो अवसर जुरेको छ । उनी योगगुरु रामदेवसँग एउटै मञ्चमा बस्ने मात्रै छैनन् प्रसस्त तीजका गीत पनि सुनाउनेछिन् योगगुरु रामदेबलाई । ‘यसपाली योग गुरुलाई तीजको गीत सुनाएर नँचाउने विचारमा छु’ अनलाइनखबरसँग कुरा गर्दै शोभाले भनिन् ।

तीजको अवसरमा भारतको नयाँ दिल्लीमा हुने कार्यक्रममा सहभागी हुन लागेकी शोभा नयाँ र पुराना आफ्नै तीजकै गीत सुनाउने योजनामा छिन् । ‘नेपाली दर्शकको बाक्लो उपस्थिती हुने जानकारी पाएकी छु दर्जन गीत सुनाउँछु’ उनले भनिन् ।

लाईभ दोहोरी गाउन सक्ने शोभा गाउनसक्ने दर्शक भेटि्न भने दर्शकसंगै दोहोरी गाउन पनि पछि नपर्ने धारणा राख्छिन् ।

त्यसो त तीजकै अवसरमा स्वदेशवाट पनि थुप्रै कार्यक्रमको निम्तो आएको छ उनलाई ।

टिपिकल गीत

यसपाली तीजकै अवसरमा दुई गीत ल्याएकी छिन् शोभाले । हरेक तीजमा गाउने गरेकी शोभाले गतवर्ष भूइचालोको प्रसंग समेटेर गाएकी थिइन् भने यसपाली भगवान शिब, तीज, व्रत लगायतका प्रसंग समेटेकि छिन् ।

मन पराउन थाल्यो मायाले र वाध्यता दुई गीत लिएर आएकी शोभाले दुबै गीतमा स्वर दिनुको साथै अभिनय गरेकी छिन् । अरुको गीतमा समेत यसपाली मोडलिङ गरेकि छिन् उनले । ‘गाँउन गाइन बाहिरको दुईटा गीतमा मोडलिङ चाँहि गरें’ उनले भनिन् ।

टेलिभिजन कार्यक्रम सञ्चालक समेत रहेकी शोभाले भारतवाट अन्य मुलुकवाट समेत निम्तो आएको जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment