Comments Add Comment

यती डेभलपमेन्ट बैंकको खुद मुनाफा ३६ करोड

१४ साउन, काठमाडौं । यती डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ४८ करोड ८२ लाख रुपैयाँको सञ्चालन मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा १३ करोड ९२ लाख खुद नाफा कामएको बैंकले यस वर्ष १६०.७० प्रतिशतले मनाफा बढाएको हो ।

yeti-development-bank
बैंकले ३६ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । अघिल्लो वर्षको ७.९१ प्रतिशत खराब कर्जालाई गत वर्ष ४.१७ प्रतिशतमा झार्न पनि बैंक सफल भएको छ ।

यस आर्थिक वर्षको अन्त्य सम्ममा खराब कर्जालाई २ प्रतिशतमा कायम राख्नेे लक्ष्य सहित खराब कर्जा असुलीमा प्रयास गरिरहेको जनाएको छ ।

२५ वटा शाखा र २० वटा एटीएमको सुबिधा सहित ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले अनमोल बचत, सेफ्टी सेभिङ्ग, विभिन्न मुद्दती खाता, जेष्ठ नागरीक, नारी बचत जस्ता खाताहरुमा ६ देखि ७.५ प्रतिशतसम्मको ब्याज दिने गरेको छ ।

९.९९ प्रतिशतदेखि १२ प्रतिशतसम्मको आकर्षक घर कर्जा, जग्गाकर्जा, गाडी कर्जा, शेयर कर्जा, व्यक्तिगत कर्जा, ब्यापारीक कर्जा योजनाहरु बैंकसँग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment