Comments Add Comment

बिहिबार चलाउन नपाएपछि ‘चपली हाइट २’ निर्माताको आक्रोश, हिन्दी फिल्ममा किन लागू हुँदैन यस्तो नियम ?

chapali height team
चलचित्र निर्माता संघ र चलचित्र संघविच केही बर्ष अगाडि भएको संझौताको केही निर्माताले विरोध गर्न थालेका छन् । काठमाण्डौ भित्र शुक्रबार नै चलचित्र रिलिज गर्नुपर्ने संझौताको विरोध गर्दै चलचित्र ‘चपली हाइट २’का निर्माता अर्जुन कुमारले आक्रोश पोखेका छन् ।

बिहिबार अर्थात भदौ २ गतेबाट चलचित्र रिलिज गर्ने भन्दै प्रचारमा उत्रिएका अर्जुन अन्तत भदौ ३ गते नै सरेका छन् । काठमाण्डौ बाहिर भने यो चलचित्र भदौ २ गते नै रिलिज हुनेछ ।

निर्माता संघको यो नियमलाई उनले अव्यवहारिक भएको भन्दै यस्तो नियम लागू गर्नेहरुलाई महामुर्खको संज्ञा पनि दिएका छन् । काठमाण्डौमा अकस्मात पत्रकार सम्मेलनको आयोजना गर्दै उनले निर्माता संघको यो नियमको विरुद्धमा आवाज उठाउने पनि बताए ।

भदौ २ गते चलचित्र रिलिज गर्ने भनेर आफूहरुले पोष्टर र विज्ञापन सामाग्री बनाएको भन्दै उनले एक दिन पर सर्दा १५ लाख बढी घाटा लाग्ने समेत बताए । निर्माता संघले बिहिबार काठमाण्डौको एउटा मल्टिप्लेक्समा भएपनि चलचित्र लगाउन दिन गरेको अनुरोधलाई नमानेको भन्दै उनले आक्रोश पोखेका थिए ।

यस्तै, चलचित्रका निर्देशक दीपेन्द्र के खनालले यस्ता नियम र संझौतालाई समय अनुसार परिमार्जित गर्दै लगेको खण्डमा सबैको भलो हुने बताए । आयुष्मान देसराज श्रेष्ठ, परमिता आरएल राना, मरिष्का पोख्रेलको मुख्य भूमिका रहेको यो चलचित्र अहिले प्रतिक्षामा छ ।

निर्माता संघले काठमाण्डौमा शुक्रबार नै नेपाली चलचित्र रिलिज गर्नुपर्ने संझौता गरेपनि केही नेपाली चलचित्र चाडपर्वको बहानामा वुधबार समेत रिलिज भएका छन् । असार १७ गते रिलिज भएको नेपाली चलचित्र ‘तीन घुम्ती’लाई असार २२ गते नै हलवालाहरुले हिन्दी चलचित्र ‘सुल्तान’ लगाउँदा त्यसले ठूलो असर गरेको थियो । इदको बिदा भन्दै वुधबार हिन्दी चलचित्र रिलिज गर्दा आँखा चिम्लने निर्माता संघ बिदाको दिनमै रिलिज गर्न खोज्ने नेपाली चलचित्रमाथि भने यती आक्रामक किन हुन्छ भन्ने प्रश्न खडा भएको छ ।

भदौ २ गते जनैपूणिर्माको छेको पारेर नेपाली चलचित्र रिलिज गर्न खोज्ने निर्माता मुख खुम्च्याउँदै शुक्रबार नै सर्न वाध्य छन् । तर, अधिकांश हलबाट वुधबार नै नेपाली चलचित्र निकालेर हिन्दी चलचित्रबाट पैसा आम्दानी गर्न लागिपर्ने हलवालाहरु विरुद्ध निर्माता संघ किन बोल्दैन ?

केही दिन अगाडि आयोजित एक कार्यक्रममा निर्माता संघका अध्यक्ष समेत रहेका राजकुमार राइले यो नियम नेपाली चलचित्रमा मात्र लागू हुने बताएका थिए । तर, वुधबार हिन्दी चलचित्र रिलिज हुँदा नेपाली चलचित्र हलमा ५ दिन पनि चल्न नपाएको निर्माता संघले किन देख्दैन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment