Comments Add Comment

संस्कृति जोगाउन चाहन्छन् सन्तु थापा

Santu-Thapaकाठमाडौं । लोक गायनमा सक्रिय सन्तु थापा लोक गीतको मौलिक पहिचान जोगाउने अभियानमा छन् । डेढ दर्जनको हाराहारीमा गीत रेकर्ड गराएका सन्तुले आफ्नै गाउँ गुल्मीलाई कर्मथलो बनाएका छन् ।

कतिपय युवा शहरमुखी भएको वेला सन्तुको गाउँप्रेम भने लोभलाग्दो छ । उनी केबल गायनमा मात्रै सिमित छैनन् । सामाजिक काममा पनि उनको सक्रियता बढ्दो छ । ‘म पैसा भन्दा पनि समाजको लागि केहि होस् भनेर काम गर्न चाहन्छु’ अनलाइनखबरसँग कुरा गर्दै भने ।

विभिन्न क्लबहरुले सामाजिक कामका लागि आयोजना गरेको कार्यक्रममा सहजै गाइदिने सन्तुले यसअघि गीत गाएर केहि बिरामीलाई आर्थिक सहयोग समेत गरेका  छन् ।

पहिला आधुनिक पछि लोक

एकताक सन्तुलाई क्रान्ती आले, राजु लामा लगायतले गाउने गीत निकै मन पथ्र्यो । सन्तुले पनि सुरुमा त्यही शैलिका आधुनिक गीत गाए । तर,पछिल्लो समय लोकगायनमा रमायो उनको मन । अहिले त दोहोरी पनि सिक्दैछन् ‘काम चलाउ त अहिले पनि छु, अब दोहोरी सिक्दैछु ।’ सन्तुले भने ।

लोकगीतमा चुजी छन् उनी । जस्तो पायो त्यस्तै गीत गाउँदैनन् ‘लोकगीत भनेको हाम्रो लोक संस्कृति हो, म मौलिक परम्परा झल्किने गीत गाउछु’ उनले चुजी हुनुको कारण खोले । कौरा झ्याउरे लगायतका मौलिक भाका समेटिएको गीत गाउने सन्तु चुजी शैलिलाई नीरन्तरता दिने योजनामा छन् ‘मलाइ सस्तो लोकपि्रयतामा रमाउनु छैन’ सन्तुको भनाइ थियो ।

कतिपयले चर्चामा आउनका लागि भद्दा शब्द राखेर  गाउने गरेका छन् । जुन कुरा उनलाई पटक्कै मन पर्दैन । त्यस्ता गीतको आलोचना भएको पनि सुनेका छन् ।

आलोचना हुँदैमा त्यस्ता गीत रोकिएला जस्तो लाग्दैन उनलाई भन्छन् ‘हामीले आलोचना गरेर वा राज्यले नियम बनाएर मात्रै हुँदैन गाउँने मान्छे स्वयं सचेत हुनुपर्छ ।

पञ्जाबी नेपाली गीतमा झुमे

स्वदेशका विभिन्न स्थानमा दर्जनौ पटक प्रस्तुति दिएका सन्तुले भारतमा चार पटक गाए । हरेक वर्ष तीजको अवसरमा गएका सन्तुले पञ्जाब र हैदरावादमा गाएका छन् ।

‘पञ्जाबमा नेपाली गीत निकै मन पराए’ सन्तुको भनाई थियो । भारतमा बस्ने नेपाली र कतिपय भारतीयले समेत नेपाली गीत मन पराएको बताउछन् सन्तु । तर, उनिहरुका लागि सुनाउने गीत चाँहि टिपिकल हुनुपर्छ । ‘टिपिकल गीत सुनाउनुपर्छ हल्का गीत मन पराउदैनन्’ ।

आफ्नो गीतमा आफै नाँच्ने

उनले गाएका गीतको म्युजिक भिडियो बनेपनि आफैंले नाँचेका भने छैनन् । आउँदो भिडियोमा भने अब सन्तु गायनमा मात्रै सिमित हुने छैनन् । ‘अब नाच्ने पनि तयारी गर्दै छु’ सन्तुले भने ‘नयाँ गीतमा रश्मी तामाङको मोडल मै हो’ ।

मन्जु पौडेल र उनको स्वर रहेको तीज गीत मायाको हाँसोमा अहिले चर्चामा छ । बिगतका वर्षमा पनि उनले गाएका गीतले राम्रै चर्चा पाउथ्यो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment