Comments Add Comment

विष्णु घिमिरेले लेखको सबै हरफहरु…

Bishnu
काठमाडौं । अनेसास जापानका अध्यक्ष बिष्णु प्रसाद घिमिरेको शब्द रहेको गीत ‘लेखेका सबै हरफहरु’ सार्वजनिक भएको छ । प्रवासमा रहेर साहित्य संरक्षण र सम्बर्धनमा लागिपरेका घिमिरेको यो पहिलो रचना हो ।

ब्यस्त जीवनशैलीका बिच पनि लेखिएका रचनाहरुलाई संगीत भर्न सकिएमा रचना जिवन्त हुने घिमिरेको बुझाई छ । आगामि दिनमा संगीत सिर्जनामा सक्रिय हुने योजनामा छन् उनी ।

गजल शैलिको यस गीतमा थानेश्वर गौतम र स्मृति शाहको स्वर रहेको छ । जनता डिजिटलको ब्यानरमा निर्माण गरिएको भिडियोमा केकी अधिकारी र गम्भिर विष्टले मोडलिङ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment