Comments Add Comment

याहुबारेका ५ तथ्य

yahoo

कुनैबेला इन्टरनेटको दुनियामा प्रभुत्व जमाएको याहुको यात्रा अब टुंगिएकेा छ र याहुको इन्टरनेट व्यवसाय भर्जन कम्युनिकेसन कम्पनीले खरिद गरेको छ ।

बिक्रि प्रक्रियाले पूर्णता पाउन अझै अर्को वर्षसम्म पर्खनुपर्ने भएपनि याहुको ब्राण्ड नाम के होला ? र अब भविष्यमा याहु भन्ने नाम सुन्न पाइएलाकी नपाइएला भन्ने जिज्ञासा करोडौँ याहु प्रयोगकर्तामा छ ।

कुनैपनि चिजको उत्थानसँगै पतन निश्चित छ, भलै पतन हुनका लागि कसैलाई लामो समय लाग्ला र कोही छिटै पतन होला । कुनै समय १ खर्ब २५ अर्ब डलर मूल्यको याहु कम्पनी ५ अर्ब डलर भन्दा पनि कम मूल्यमा बिक्रि हुनु परेको छ ।

याहुको यस्तो अधोगति हुँदै अन्ततः अस्तित्व नै समाप्त हुने चरणमा पुगेतापनि याहुको इतिहास सम्वृद्ध छ । इन्टरनेटको दुनियालाई ससक्त तथा सम्वृद्ध बनाउँदै दुनियाका मानिसहरुलाई इमेल तथा इन्टरनेटमा अभ्यस्त बनाउने काममा याहुको योगदान अविष्मरणीय छ । याहु बारेका सामान्य खाले ५ तथ्य यस्ता छन्ः

· सन् १९९४ मा स्ट्यानफोर्ड विश्वविद्यालयका दुइजना विद्यार्थी जेरी यांग तथा डेभिड फिलो मिलेर याहु कम्पनीको स्थापना गरेका थिए ।

· याहुलाई सुरुमा वल्र्डवाइड वेबमा जेरी तथा डेभिडको गाइडको रुपमा चिनिन्थ्यो ।

· याहु YAHOO को पूरा रुप Yet Another Hierarchical Officious Oracle हो ।

· याहुु नामको पछाडि विस्मयाधीबोधक चिन्ह YAHOO!  प्रयोग गर्नुको कारण के होला ? याहु… भन्दा कतै रमाइलो भाव आउने भएरपो होलाकी भन्ने सोँच्नुहोला । तर होइन  वास्तवमा विस्मयसूचक चिन्ह विनाको याहु नाममा अरु कसैले कम्पनी दर्ता गरिसकेको हुनाले यांग र फिलोले YAHOO! नामबाट कम्पनी दर्ता गरेका हुन् ।

· फेब्रुअरी २००८ मा माइक्रोसफ्टले याहु खरीद गर्ने प्रस्ताव राखेको थियो । उक्त समय माइक्रोसफ्टले ४४ अर्ब डलरको प्रस्ताव राखेको थियो तर खरीद बिक्रि सम्झौता हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment