Comments Add Comment

प्रशिक्षणसत्रमा अनुपस्थित स्वाइन्स्टाइगरको युनाइटेड यात्रा अन्यौलमा

Swinstiger

काठमाडौं । विश्व च्याम्पिय जर्मनी तथा म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर बास्टियन स्वाइन्सटाइगर बिहीबारदेखि सुरु भएको क्लवको प्रशिक्षणसत्रमा अनुपस्थित भएपछि उनको युनाइटेड यात्रा सकिएको अनुमान लगाउन थालिएको छ ।

चोटसँग जुधिरहेका ३१ बर्षीय स्टार खेलाडी स्वाइन्सटाइगरले गत सिजन युनाइटेडबाट मात्र १३ खेलमा समावेश भए । यसै सिजन नियुक्त भएका प्रशिक्षक जाजे माउरिन्होले पनि टोलीलाई आफु अनुकुल बनाउन स्वाइन्सटाइगरको आवश्यकता भएको बताएका थिए तर क्यारिङटनमा भएको पहिलो प्रशिक्षणसत्रमा उनको अनुपस्थितिले उनी निराश बनेको बुझिएको छ ।

फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मीनले स्वाइन्स्टाइगरमाथि चासो देखाएको छ । स्वाइन्सटाइगर युरोपियन च्याम्यिनसीप लगत्तै टेनिस सुन्दरी आना इभानोबिचसँग विवाह गरेर अहिले हनिमुनमा छन् ।

स्वाइन्स्टाइगरसँगै आदनान जानुजाज, पाड्डी म्याकनेइर, आन्द्रेस पिएर्रे। एक्सेल तुवानजेवे र विल केनपनि प्रशिक्षणमा अनुपस्थित रहे । उनीहरुको म्यान्चेस्टरको भविश्यपनि अन्यौल भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment