Comments Add Comment

विश्व उत्कृष्ट गोलको पुसकास अवार्ड बिजेता लिराले सन्यास लिए

Lira

काठमाडौं । ६ महिनाअघि बर्षका उत्कृष्ट गोलकर्ताको पुसकास अवार्ड जितेका ब्राजिलियन स्ट्राइकर वेन्डेल लिराले खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । अब उनी फिफा भिडियो गेमका खेलाडीको रुपमा देखिनेछन् ।

२७ बर्षीय यी स्ट्राइकरले गोयानेसिया क्लवबाट एथ्लेटिको गोयानेसियाबिरुद्धको खेलमा गरेको गोलले गत बर्षको बेलुन डि’ओर समारोहमा लियोनल मेस्सी र अलेसान्द्रो फ्लोरेन्जीको गोललाई पछि पार्दै पुसकास अवार्ड जितेको थियो ।

तर अहिले उनले आफ्ना बुट फुकाल्ने निर्णय गरेका छन् भने इ-स्पोर्टतर्फ करिअर अगाडि बढाउने निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment