Comments Add Comment

दिपकरत्न बज्राचार्यको फोटो भयो सर्वोत्कृष्ट

Photo-of-the-year
सर्वोत्कृष्ट घोषित दिपकरत्न बज्राचार्यको फोटो

१४ साउन, काठमाडौं । फोटो पत्रकार क्लबको आयोजनामा भएको आइएमई-ग्लोबल-आइएमई नेपाल फोटो प्रतियोगिता-२०७३ मा फोटो अफ दी इयरको उपाधि दिपकरत्न बज्राचार्यले जितेका छन् । भूकम्प जाँदै गरेको दृश्य क्याप्चर गरेको फोटो यो वर्षको सर्वोत्कृष्ट घोषित भएको हो ।

बज्राचार्यले नगद १ लाख रुपैयाँ पुरस्कार जितेका छन् ।

नभेष चित्रकारको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जित्यो । नेपाल स्माईलमा रजेन्द्र केसीको फोटो दोस्रो तथा सुलभभक्त श्रेष्ठको फोटो तेस्रो भयो ।

डेली लाइफ विधामा नरेश श्रेष्ठले बाजी मारे । यो विधामा गोपेन राईको फोटो दोस्रो तथा प्रताप थापाको फोटो तेस्रो भयो ।

त्यस्तै नभेष चित्रकारले अर्घाखाँची सिमेन्ट न्युज विधाको उपाधि जित्दा राजेश गुरुङको फोटो दोस्रो तथा लक्ष्मीप्रसाद ङाखुसी तेस्रो भए ।

नेपाल टेलिकम नेचर एण्ड वाइल्डलाइफमा रमेश कुमार पौडेल पहिलो भए । यसैगरी बिसोप ताम्राकारको फोटो उपविजेता बन्दा विकास खड्गीको फोटो तेस्रो भयो ।

कल्चर एण्ड टुरिजममा दिनेश श्रेष्ठले बाजी मारे । यस विधामा सम्बर्दन बज्राचार्य उपविजेता तथा आभाष कर्माचार्यको फोटो तेस्रो भयो ।

स्पोर्टस विधाको उपाधि सुरबिन्द्रकुमार पुनले जिते । स्पोर्टसमा रोबिक उपाध्यायको फोटो दोस्रो तथा उमेश श्रेष्ठको फोटो तेस्रो भयो ।

फोटो स्टोरीमा नबिन बरालको फोटो प्रथम भयो । फोटो स्टोरी विधामा सागर क्षेत्रीको फोटो उपविजेता तथा नभेष चित्रकारका फोटोहरु तेस्रो भए ।

प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ पाउनेछन् ।

[sam_list] प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात बिधामा ६ हजार ६ सय ७० फोटो प्राप्त भएका थिए । ८ सय ११ व्यवसायिक र एमेच्योर फोटोग्राफरले पठाएका ति फोटाहरु मध्येबाट निर्णायक चरणमा भारतका वरिष्ठ फोटोग्राफर प्रशान्त पन्जियार अध्यक्षत रहेकोे निर्णायक मण्डलले उत्कृष्ट छनोट गरेको थियो ।

निर्णायक मण्डलमा, वरिष्ठ फोटोग्राफर मणी लामा, वरिष्ठ क्युरेटर संगिता थापा, केयु स्कुल अफ आर्टका कार्यक्रम संयोजक सुजन चित्रकार, वरिष्ठ फोटोपत्रकारहरु देबेन्द्रमान सिह, नरेन्द्र श्रेष्ठ र प्रकास माथेमा थिए ।

निर्णायक चरणबाट सबै विधाका विजेतासहित उत्कृष्ट करिब १ सय ५० फोटा छानिएका छन् । ति फोटाहरुलाई काठमाडौं, विराटनगर, धरान, सौराह, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा प्रदर्शनी गरिनेछ । काठमाडौंमा यही भाद्र १५ देखि २१ गतेसम्म नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शनी गरिनेछ ।

आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजन तथा मोडल ग्लोबल भिसा कन्सल्टेन्सीको सहकार्यमा नेपाल फोटो प्रतियोगिता आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment