Comments Add Comment

प्यूठानका बाढी पीडितका लागि काठमाडौंमा राहत संकलन

Landslide (Pahiro)

१४ साउन, काठमाडौं । प्यूठानका बाढी पहिरो पीडितहरुका लागि काठमाडौंमा राहत संकलन सुरु भएको छ । प्यूठान-काठमाडौं सम्पर्क मञ्चले विहीबार काठमाडौंमा भेला गरेर राहत संकलन थालेको हो ।

प्यूठानमा बाढी र पहिरोका कारण हालसम्म ३८ जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन् ।

दुई दिनको अवधिमा १ लाख ११ हजार ६६६ रुपैयाँ संकलन भएको मञ्चका संयोजक शिवहरि आचार्यले जानकारी दिए । राष्ट्रिय वाणिज्य बैंकको थापाथली शाखामा खाता खोलेर सहयोग रकम जम्मा गरिएको उनले बताए ।

सहयोग गर्न इच्छुक व्यक्तिले राष्ट्रिय वाणिज्य बैंकको थापाथली शाखाको बचत खाता नम्बर १४३००२४३७२१० मा रकम जम्मा गर्नसक्नेछन्

मञ्चमा आवद्ध राजेन्द्र भट्टराईले स्वदेश तथा विदेशमा बस्ने बिभिन्न व्यक्तिहरु प्यूठानका बाढी पीडितहरुलाई सहयोग गर्न इच्छुक देखिएकाले आफूहरु उत्साहित भएको बताए । उनले राहत पीडितसम्म पुर्‍याउने र सबै पारदर्शी हुने जानकारी दिए ।

मञ्चले हालसम्म संकलन भएको राहतको विवरण पनि सार्बजनिक गरेको छ ।

Pyuthan-Badhi-Pidit-Help

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment