Comments Add Comment

नेविसंघ असन्तुष्ट पक्षले शनिबारदेखि आमरण अनशन सुरु गर्ने

Nebisangh-Ansan
कांग्रेस केन्द्रीय कार्यालयमा रिले अनशन बसेका नेविसंघ नेताहरु

१४ साउन, काठमाडौं । महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्व विधिवतरुपमा छनोट नगरिएको विरोधमा संघर्षरत नेविसंघको असन्तुष्ट पक्षले शनिबारदेखि आमरण अनशन सुरु गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा यसअघि रिले अनशन बस्दै आएकाहरुले शनिबार दिउँसोदेखि आमरण अनशन सुरु गर्न लागेका हुन् ।

नेविसंघको महाधिवेशन प्रतिनिधि र जिल्ला नेतृत्वहरु नेताहरुको भागबन्डाको आधारमा छनोट गरिएको भन्दै कुन्दनराज काफ्ले नेतृत्वको समूह असन्तुष्ट छ । असन्तुष्ट पक्षले यही साउन ९ गतेदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपा परिसरमा पाल टाँगेर रिले अनशन सुरु गरेको थियो ।

‘रिले अनशनले छैठौं दिन पार गर्दा पनि हाम्रा माग बेवास्ता गरिएकाले आमरण अनशन बस्न बाध्य भएका हौं,’ नेविसंघमा महामन्त्रीका दावेदार डिल्लीराम सुवेदीले भने ।

सुवेदीले लामो समयदेखि हुन नसकेको महाधिवेशन विधिवत र धाँधलीरहित रुपमा सम्पन्न गरी नेविसंघमा आन्तरिक लोकतन्त्र सुनिश्चित गर्ने संघर्षमा सहयोग गरिदिन सञ्चारमाध्यमहरुलाई आग्रह पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment