Comments Add Comment

रुपन्देहीमा मानव बेचविखनविरुद्ध चार मुद्दा दर्ता

K-I-Nepal-office

१४ साउन, भैरहवा । मानव बेचबिखन तथा ओसारपोसार विरुद्ध सक्रिय संस्था के.आई नेपाल रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा मानवबेचविखन विरुद्ध चार वटा मुद्दा दर्ता गरेको जनाएको छ ।

गत आर्थिक वर्ष २०७२।०७३ मा रोजगारीको प्रलोभन देखाएर किशोरीहरुलाई बेचबिखन गर्ने उद्देश्यले भारत लैजान लागेका व्यक्तिलाई प्रहरीको सहयोगमा पक्राउ गरी जिल्ला अदालत रुपन्देहीमा ४ वटा मुद्दा दर्ता गराइएको केआई नेपाल रुपन्देहीकी संयोजक तारा सापकोटाले बताइन् ।

अघिल्लो बैशाखमा गएको महाभुकम्पका कारण आफन्त गुमाएका तथा घरवार विहीन भएकाहरु बाध्यतावस असुरक्षित रुपमा भारत तथा भारत हुदै असुरक्षित रुपमा तेस्रो मुलुक जाने बढी रहेको उनी बताउँछिन् ।

उनका अनुसार अन्य वर्षको तुलनमा भुकम्पपछि असुरक्षित रुपमा रोजगारीको नाममा विदेशिने किशोरी तथा बालबालिकाहरुको संख्या बढेको छ । जसमा भुकम्प प्रभावित जिल्लाहरु मकवानपुर, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, काभ्रे, गोरखा लगायत जिल्लाका किशोरी तथा बालबालिकाहरु रहेका छन् ।

त्यस्तै गत आव २०७२।०७३ मा रोजगारीको नाममा जोखिम मोलेर सिमा नाका बेलहिया नाका हुदै भारत तथा भारत हुदै तेस्रो मुलुक जान लागेका ३ हजार ७ सय ९६ जना किशोर किशोरीलाई परामर्श दिइएको छ ।

यस्तै घरपरीवारको सल्लाह विना भारत जानका लागेका यि मध्ये २ सय ६१ जनालाई सुचना तथा परामर्श पछि अभिभावकको जिम्मा लगाईएको केआई नेपाल रुपन्देहीले जनाएको छ ।

दलालको विश्वासमा परी बेचबिखन तथा यौन शोषणमा पर्न सक्ने बढी सम्भावना भएका २ सय २२ जनालाई सिमानाकाबाट उद्दार गरी थप अनुसन्धानको लागी प्रहरीको जिम्मा लगाइएको के.आई नेपाल रुपन्देहीकी संयोजक तारा सापकोटाले बताइन् ।

उनले सिमाबाट उद्दार गरीएका आठ जनालाई संस्थाले संचालन गरेको सिपमु्लक तालिमको लागी तालिम केन्द्रमा पठाइएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment