Comments Add Comment

हरियाणामा भारी वर्षाका कारण दुई दिन स्कुल बन्द

Traffic-Jam-in-India
भारी वर्षाका कारण भएको ट्राफिक जाम । तस्वीर: जी न्यूज

१४ साउन, काठमाडौं । भारतको हरियाणामा भारी वर्षाका कारण यातायात आवागमन अस्तव्यस्त भएपछि विद्यालयहरुमा दुई दिन विदा दिइएको छ ।

राजधानी नयाँदिल्ली नजिकको गुरुग्राम भन्ने स्थानमा शुक्रबार र शनिबार विद्यालय बन्द गरिएको हो । भारतमा आइतबार सार्बजनिक विदा हुने गर्दछ ।

वर्षाका कारण कयौं किलोमिटर लामो ट्राफिक जाम भएको छ । ट्राफिक प्रहरीले जाम हटाउन धेरै समय लाग्ने बताएको छ ।

लगातार परिरहेको पानीका कारण जनजीबन प्रभावित भएको छ । सडकमा सयौं गाडीहरु रोकिँदा यात्रुहरु अलपत्र परेका छन् ।

गुडगाउँ प्रहरीले सकेसम्म घरबाट बाहिर ननिस्कन र गाडीमा यात्रा नगर्न आह्वान गरेको छ । प्रहरीले दिल्लीबाट यदी गुडगाउँ आउने कार्यक्रम छ भने पनि त्यसलाई केहि दिनका लागि रद्ध गर्न ट्वीटरमार्फत् आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment