Comments Add Comment

जाउलाखेलमा देखाइयो मच्छिन्द्रनाथको भोटो, हेर्नुस् ९ तस्वीर

bhoto jatra (7)

१४ साउन, काठमाडौं । ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । शुक्रबार जाउलाखेल चोकमा राष्ट्रपति भण्डारीसहितका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका छन् ।

भोटो देखाउने जात्रामा सहभागी हुन राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, न्यायाधीश लगायत विशिष्ट अतिथिहरु जावलाखेल पुगेका थिए ।

bhoto jatra (9)

जात्रालाई ध्यानमा राख्दै ललितपुरको सुरक्षा व्यवस्था कडा पारिएको  थियो ।

लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हरायो । त्यसपछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी गर्‍यो।

bhoto jatra (2)

दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद भएपछि लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन् ।

bhoto jatra (10)

उनले प्रमाण लिएर नआउन्जेल भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए । सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको सँस्कृतिविदहरु बताउँछन् ।

bhoto jatra (3) bhoto jatra (4) bhoto jatra (5)

bhoto jatra (6)


bhoto jatra (11)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment