Comments Add Comment

के ‘ठग’मा ऋतिकलाई आमिरले रिप्लेस गरेका हुन् ?

hritik and aamir khan
बलिउड नायक आमिर खानले अभिनय गरेको चलचित्र ‘दंगाल’ क्रिसमसमा रिलिज हुँदैछ । तर, यो चलचित्रपछि आमिर कुन प्रोजेक्टमा काम गर्छन् भन्ने कुनै चर्चा छैन ।

तर, अब आमिरले यशराज ब्यानरको नयाँ चलचित्रमा काम गर्न लागेको चर्चा सुरु भएको छ । चलचित्र ‘धुम ३’का निर्देशक विजय कृष्ण आचार्य ‘ठग’ नामक चलचित्र बनाउँदैछन् । यो चलचित्रमा नायक ऋतिक रोशनले काम गर्ने चर्चा थियो । चलचित्रमा काम गर्ने भनेर ऋतिकले संझौता पनि गरिसकेको चर्चा थियो ।

तर, अब ऋतिकलाई नायक आमिर खानले रिप्लेस गरेको चर्चा भारतीय मिडियामा सुरु भएको छ । आमिर र विजय चलचित्र ‘धुम ३’को छायांकनबाटै नजिक भएका थिए ।

ऋतिकले यो चलचित्र छाडेका हुन् या कुरा अर्कै हो, प्रष्ट भएको छैन । तर, ऋतिकले आमिरलाई रिप्लेस गरेको खबर भने मिडियामा चर्चाको बिषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment