Comments Add Comment

‘लालजोडी’को ट्रेलर हेर्नुहोस्, लोत हसाउँछ, ग्वाँ ग्वाँ रुवाउँछ

rajani jyoti and aausma
भदौ १७ गतेबाट देशभर रिलिज हुन लागेको चलचित्र ‘लालजोडी’को ट्रेलर रिलिज गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रको ट्रेलर र एउटा गीत सार्वजनिक गरिएको हो ।

चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले चलचित्रको पोष्टर सार्वजनिक गरेका थिए । कार्यक्रममा बोल्दै चलचित्रका लेखक, निर्माता तथा निर्देशक लक्ष्मण सुवेदीले एउटा उत्कृष्ट चलचित्र बनाएको बताए । उनले यो चलचित्र पनि नचलेको खण्डमा आफूले फेरि जोखिम मोलेर नयाँ चलचित्र नबनाउने समेत बताए ।

चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिपि्रयले लक्ष्मणले राम्रो चलचित्र बनाउने भन्दै शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै चलचित्रका मुख्य कलाकार ज्योती काफ्लेले कथावस्तु मनपरेपछि आफूले काम गरेको बताए । उनले चलचित्रले पूर्ण रुपमा दर्शकलाई हसाँउने बताए ।

नायिका रजनी केसीले चलचित्रको कथावस्तु पढ्दा आफूलाई मनपरेपछि काम गरेको बताइन् । चलचित्रका कलाकार वुद्धी तामाङले ‘लालजोडी’मा भिन्न भूमिका पाएकाले काम गरेको बताएका थिए । चलचित्रकी कलाकार आयुष्मा कार्कीले यसमा आफू गृहिणीको भूमिकामा रहेको बताइन् ।

चलचित्रको ट्रेलरलाई पूर्ण कमेडी रुपमा ढालिएको छ । दर्शकलाई चलचित्रले हाँस्दा हाँस्दै रुवाउने र रुदा रुदै हसाँउने दाबी निर्देशक सुवेदीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment