Comments Add Comment

पथ्थरीबारे जान्नै पर्ने कुरा

मानिसको शरीरमा हुने पथ्थरीबारे त हामी धेरैले सुनेका छौ । तर यस्ता पथ्थरी के कारणले हुन्छ, पथ्थरी हुदाँ के खाने, के नखाने भन्नेबारे चाँहि थोरैलाई मात्र थाहा छ ।

kidney-stoneविशेष गरी मानिसको शरीरमा अचानक देखापर्ने पथ्थरी विभिन्न कारणले हुने गर्छ । यस्ता पथ्थरी युरिक एसिड कि्रस्टल, फोसफोरिक एसिड र क्याल्सियम ओग्ज्यालेट कि्रस्टल गरी तीन किसमका हुन्छन् ।

नेपालमा सबैभन्दा बढी देखा पर्ने पत्थरी भनेको क्याल्सियम ओग्ज्यालेट पथ्थरी हो । यस्तो पत्थरी रायो, पालुङ्गो, लट्टेको साग लगायतका गाढा हरियो सागपातमा खाने मानिसमा बढी देखिने गर्छ । यो क्याल्सियम र ओग्ज्यालिकको समिश्रणबाट बन्ने गर्छ । अहिले नेपालमा ओग्ज्यालेट पथ्थरीका विरामी धेरै भेटिएका छन् ।

ओग्ज्यालेट पथ्थरीबाट बच्न माथि उल्लेख गरिए जस्ता गाढा हरियो सागपात कम खानु पर्छ । खानै परेमा सफा तरिकाले धोएर मात्र निश्चित मात्रामा खानुपर्छ ।

त्यस्तै, प्रोटिनयुक्त खाना धेरै खाने मानिसमा यसको समस्या हुने गर्छ । गेडागुडी, रातो मासु, गुलियो खानेकुराले युरिक एसिडको पथ्थरी निम्त्याउँछ । यसबाट बच्न युरिक एसिड गराउने फलफुल कम खानु पर्छ । गेडागुडी, रातो मासु पनि कम खानुपर्छ ।

त्यसैगरी, मैदाबाट बनेकोे खाना धेरै खाएमा तथा दुधबाट बनेको चियाको सेवन धेरै गरेमा फोसफोरस नामक पथ्थरी हुने गर्छ । यसबाट बच्न मैदा तथा दुधबाट बनेको खाना कम खानुपर्छ ।

यस्ता पथ्थरीले किड्नी र पित्तथैलीलाई असर पार्छ । किड्नीको पथ्थरी युरिक एसिड फोसफेारस तथा क्याल्सियम ओग्ज्यालेट तीनवटै कारणले हुन्छ । जबकी पित्तथैलीको पथ्थरी घ्यु, चिल्लो पदार्थ लगायतबाट जमेको बोसोले गराउँछ ।

पत्थरी बढ्न नदिने उपाय

पथ्थरी एक पटक भइसकेपछि त्यसलाई बढ्न नदिन यही खाने भन्ने त हुँदैन तर मुला कागतीको सेवनले यस्ता पथ्थरीलाई केही हदसम्म भएपनि कि्रस्टलाइजेसन हुनबाट जोगाउनुका साथै अग्ज्यालेट एसिडलाई विकसित हुनबाट रोक्ने काम गर्छ । त्यसैले पनि डाक्टरहरुले स्टोन भएमा मुला, कागतीको बढी खान सुझाव दिने गर्छन् ।

तर त्यो भन्दैमा धेरै कागतीको सेवन गर्नु पनि स्वास्थ्यको लागि राम्रो मानिदैन । मानिसको शरीर व्यक्ति पिच्छे फरक हुन्छ । कसैकसैमा त्यही कागतीले आग्ज्यालिक एसिडको मात्रालाई बढाइदिन्छ र पत्थरीको कारक बनाइदिन्छ ।

यस्ता पत्थरी कुन प्रकारको हो भन्ने कुरा पिसाबको चेकजाँचमार्फत थाहा पाउन सकिन्छ ।

पत्थरीबाट जोगिने उपाय

१. अहिलेको जीवनशैलीमा परिवर्तन गर्नेः चिल्लो, पिरो तथा गुलियो खानेकुारको कम सेवन गर्ने । हरेक खानेकुरा खाँदा मात्रा मिलाएर खाने, दिनमा केही समय व्यायाममा ध्यान दिने आदि

२. पानी प्रशस्त पिउनेः पत्थरीबाट जोगिन दिनमा कम्तीमा पनि चार लिटर पानी पिउनुपर्छ । विशेष गरी महिलाको हकमा कम्तिमा २.५ लिटर तथा पुरुषले दैनिक ३ लिटर पानी पिउनुु फाइदाजनक मानिन्छ । यदि गर्मी ठाँउमा बसिन्छ भने अझै बढी पानी पिउनु पर्छ । अझ धेरै पसिना आउनेले दिनमा कम्तीमा पनि पाँच लिटर पानी पिउनु उपयुक्त हुन्छ ।

३. धेरैबेरसम्म पिसाब नरोक्ने

४. खानपिनमा विशेष ध्यान पुर्‍याउनेे

५. बेलाबेलामा स्वास्थ्य परिक्षण गर्ने

६. वर्षमा एकपल्ट अल्ट्रासाउण्ड गरेर पत्थरी भए/नभएको चेकजाच गर्ने

पथ्थरी छ भने सुरुमै सतर्कता अपनाउन सकिन्छ । सानो ढुङ्गा छ भने प्रशस्त मात्रामा पानी पिएको खण्डमा पनि त्यसलाई निकाल्न सकिन्छ । ठूलो छ भने अपरेशनै गर्नु पर्ने, औषधी नै खानुपर्ने अवस्था आउँछ ।

पथ्थरीबारे ध्यान दिनै पर्ने कुरा

प्रायः मानिसहरु पत्थरी हुनासाथ चिकित्सकका जान्छन् । उनीहरुले भने अनुसार अपरेशनको माध्यमबाट उक्त पत्थरी निकालेर पनि फाल्छन् ।

त्यसपछि उसले पत्थरी थियो, निस्केर गयो भन्ने सोच्छ । तर आफ्नो जीवनशैली परिवर्तन गर्दैन । पहिले जे खाइरहेको थियो, अहिले पनि त्यही खान्छ, पानी कम पिउँछ । जसले गर्दा अपरेशन गरेको किड्नीमा नै पुनः पत्थरी हुन पुग्छ । परिणामस्वप उसले एउटै किड्नी दुईपटक अपरेशन गर्नुपर्छ । घरीघरी एउटै अंगका बारम्बार अपरेशन गर्दा किड्नी काम नलाग्ने हुनसक्छ । जसलाई नेफाटोमी भनिन्छ ।

नेपालमा अहिले धेरै मानिसले आफ्नो किड्नी फाल्नु पर्ने अवस्था आएको छ । त्यतिमात्र नभएर एउटा किड्नीमात्र बाँकी रहेको अवस्थामा समेत उसले आफ्नो जीवनचर्या बद्लाव नगर्दा उसमा किड्नी नै नहुने अवस्था पनि सिर्जना हुने गरेको छ ।

डाइटिसियन बानियाँ ओम अस्पतालमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment