Comments Add Comment

प्रचण्ड सरकारलाई चीनको पूर्ण सहयोग र समर्थन !

Prachand-and-Chinese-Ambassador
१४ साउन, काठमाडौं । प्रधानमन्त्री बन्ने तयारीमा रहेका माओवादी अध्यक्ष प्रचण्डलाई चिनियाँ राजदूत वु चुन्ताइले अग्रिम बधाइ दिएका छन् । जवाफमा प्रचण्डले अघिल्लो सरकारका पालामा चीनसँग गरिएका सबै सन्धी सम्झौता कार्यान्वयन गर्ने वचन दिएका छन् ।

प्रचण्ड र चिनियाँ राजदूत वु चुन्ताईवीच शुक्रबार बिहान लाजिम्पाटमा भेटवार्ता भएको हो । दूतावासका अन्य अधिकारीलाई समेत लिएर राजदूत प्रचण्डनिवास पुगेका थिए ।

भेटमा राजदूत वुले अब बन्ने सरकारको नेतृत्व गर्न लागेकोमा प्रचण्डलाई चीन सरकारका तर्फबाट पूर्ण सहयोग र समर्थन हुने बताएको प्रचण्डको सचिवालयले बताएको छ ।

राजदूतसँगको भेटबारे जानकारी दिँदै प्रचण्डको सचिवालयले भनेको छ- ‘भेटका क्रममा राजदुत चुन्ताईले केही दिनभित्र प्रचण्डको नेतृत्वमा बन्ने सरकारलाई चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको पूर्ण सहयोग र समर्थन रहने बताउनु भयो । उहाँले प्रचण्डको नेतृत्वमा बन्ने सरकारलाई नेपालको विकासको निम्ति चिनियाँ सरकारको पूरा साथ, सहयोग र समर्थन रहने बताउनुभयो ।’

प्रचण्डले अहिलेको राजनीतिक घट्नाक्रमबारे प्रष्ट्याउँदै अब केही दिनभित्रै आफ्नो नेतृत्वमा नयाँ सरकार निर्माण हुने जानकारी राजदूतलाई गराएका थिए । प्रचण्डले आˆनो नेतृत्वमा बन्ने सरकारले संविधान कार्यान्वयन, राजनीतिक स्थिरता एवं शान्ति, पुनर्निर्माण र विकासका कामहरुलाई तीव्रताका साथ आगाडि बढाउने राजदूतलाई जानकारी दिए ।

सो भेटमा प्रचण्डले यसअघि केपी ओली नेतृत्वको सरकारका पालामा आफूहरुसमेत भएर चीनसँग गरिएका सन्धी सम्झौताहरु पूर्णरुपमा पालना गर्ने चिनियाँ राजदूतलाई विश्वस्त पारेको सचिवालयले जनाएको छ ।

प्रचण्डले पछिल्लो चरणमा आफ्नो दलसमेत भएर समेत संलग्न रहेको सरकारले चिनियाँ सरकारसँग गरेका सन्धी, सम्झौता र समझदारीका साथै आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा गरिएका सहमतिकै परिणाम भएको बताएका थिए ।

साथै प्रचण्डले अब बन्ने सरकारले चिनियाँ सरकारसँग भएका सन्धी, सम्झौता र समझदारीलाई कार्यान्वयन गर्दै अझ नयाँ सहमति निर्माण गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment