Comments Add Comment

क्रान्तिकारीले बनायो बाढीपहिरो राहत कोष, तिलाठी घटनाको प्रतिवाद गर्ने

१४ साउन, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले बाढीपहिरो पीडितको राहत तथा उद्धारमा सहयोगार्थ रु एक लाख ११ हजार १११ राशिको राहत कोष खडा गरेको छ ।

Akhil-Krantikari-Flagनेकपा माओवादी केन्द्र सम्बद्ध सो सङ्गठनले आफ्ना सदस्यको लेवी र सहयोगबाट रकम जुटाएको संयोजक नरेन्द्र न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोषमा विभिन्न क्षेत्रबाट थप रकम जुटाई सरकारको आधिकारिक कोषमा तत्काल हस्तान्तरण गरिने तथा राहत तथा उद्धारमा सिङ्गो सङ्गठनलाई प्रभावकारी रुपमा परिचालन गरिने केन्द्रीय कार्यालयको प्रथम बैठकले निर्णय गरेको छ ।

यसैबीच सप्तरीको तिलाठीस्थित दशगजा क्षेत्रमा भारतीय पक्षले नेपालतिर ठूलो धनजनको क्षति हुने गरी अन्तर्राष्ट्रिय कानुन र प्रचलन विपरीत बाँध बनाएको घटनाको विरोधमा अखिल क्रान्तिकारीले शनिबार प्रदर्शन गर्ने भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment