Comments Add Comment

बाग्लुङको अर्जेवामा एक सातादेखि विद्युत अवरुद्ध

LoadSheding

बाग्लुङ । लगातारको वर्षाका कारण पहिरो जाँदा विद्युत पोल भाँचिएपछि जिल्लाको दक्षिण गाबिसको अर्जेवा गाउँ अन्धकारमय बनेको छ । वर्षाका कारण पहिरो जाँदा पर्वतको देविस्थान गाविस र अर्जेवामा रहेका तीन वटा विद्युत पोल भाँचिदा विगत एक सातादेखि विद्युत सेवा ठप्प बनेको हो ।

देविस्थान गाविसस्थित कालीगण्डकी नदिको भिर र किनारमा रहेका तीन वटा विद्युतका पोल वषर्ाका कारण ढलेका छन् र तार समेत छरपस्ट बनेको छ । विद्युतीकरण ठप्प बनेपछि अर्जेवा गाविस का झण्डै ५ सय र आसपासका क्षेत्रका वासीन्दा अन्धकारमा बस्न बाध्य भएका छन् ।

विद्युतीकरण अवरुद्ध भएको बारेमा पटक पटक नेपाल विद्युत प्राधिकरण बागलुङ शाखामा जानकारी गराएपनि अहिलेसम्म मर्मतका लागि पहल नभएको अर्जेवा सामुदायिक ग्रामीण विद्युतीकरण उपभोक्ता समितिका कोषाध्यक्ष कृष्ण बहादुुर थापाले जानकारी दिए ।

उनका अनुसार, विद्युतका पोल ल्याएर गाडेर पुन विद्युत सुचारु गर्नका लागि पहल भैरहेको छ । विद्युत  नभएपछि उक्त गाविसका बासिन्दाहरु मोवाईल चार्ज गर्न र अन्य कुटनी पिसनीको कामले पर्वतको फलेवास तथा छिमेकी गाविसहरुमा जान बाध्य भएको थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment