Comments Add Comment

अनलाइन सपिंग साइट अमेजनको २१ वर्षे यात्रा, ग्यारेज देखि विश्वभरको यात्रासम्म

amazon

अमेजन कम्पनी अहिले यस्तो नाम बनिसकेको छ जसका बारेमा आधुनिक विश्वका सायदै मानिसहरुलाई जानकारी नहोला ।

विश्वको सबैभन्दा ठूलो अनलाइन कारोबारी कम्पनीको तक्मा भिरिसकेको अमेजन विश्वका सबैजसो देशमा फैलिइसकेको छ ।
आजभन्दा २१ व्र्ष पहिले जुलाई २९ का दिन सुरु भएको यो कम्पनी अहिले विश्वभर फैलिन सफल भएको छ । कम्पनीले अहिले जुन सफलता प्राप्त गरेको छ, १०७ अर्ब डलर सम्पत्तिको यो कम्पनी र यसका संस्थापक जेफ बेजोसको संघर्षका कथा  निकै घतलाग्दा छन् ।

एक आइडिया जसले बदलिदियो किनमेलको दुनिया

९० को दशकमा एक यस्तो खोज भयो जसको असर विश्वभर अहिलेसम्म पनि छ । वालस्टि्रटमा जागिर गर्ने जेफ बेजोस इन्टरनेट क्रान्तिलाई निकै नजिकबाट नियालीरहेका थिए । अमेरिकामा तिब्र रुपमा बढिरहेको इन्टरनेटको प्रभावलाई देखेका जेफले वालस्टि्रटको जागिर छाडेर आफ्नो इन्टरनेट कम्पनी खडा गर्ने फैसला गर्छन् । जेफको दिमागमा अनलाइन कारोबारको आइडिया फुर्दछ । उनले अनलाइनमा बेच्न सकिने २० वस्तुको सूचि तयार पार्दछन् । किताबको कम मूल्य तथा कहिल्यैपनि नसकिने मागलाई देखेर उनले अनलाइनबाट कितब बेच्नका लागि एक वेबसाइट सुरु गर्दछन् ।

ग्यारेजबाट सुरुवात

१९९५ मा जेफले अमेजन डट कमको सुरुवात गरे । सुरुवात गर्दा यसको कार्यालय वाशिंटनस्थित उनको घरको ग्यारेजमा थियो । जेफलाई उनको परिवारको पनि साथ प्राप्त भयो । कम्पनीको सुरुवाती कोष जेफकै बुवाआमाले स्थापना गरिदिएका थिए । जेफका अनुसार जब उनले आफ्ना बुवासँग आफ्नो योजनाका बारेमा बताएका थिए तब उनका बुवाले इन्टरनेट के हो ? भनेर सोधेका रहेछन् । जेफका अनुसार उनका बुवालाई उनको आइडियाप्रति होइन जेफप्रति विश्वास थियो ।

सुरुवात नै बम्पर

हुने विरुवाको चिल्लो पात भनेझैँ अमेजन डटकमले स्थापनाको सुरुवाती दुई हप्तामै आफ्नो सुन्दर भविष्यको झल्को दिएको थियो । सुरुवातमै यसको कमाई हप्ताको २० हजार डलर थियो । कम्पनीले गरेको आयलाई जेफले कम्पनीकै वृद्धिमा लगानी गरे । दुई महिना भित्रैमा अमेजनले अमेरिकाका ५० वटा राज्यमा आफ्नो व्यवसाय सुरु गर्न सफल भयो । अमेजनको आय योजना फरक थियो । कम्पनीले सुरुवाती ४।५ वर्ष नाफा कमाउने कुरा सोँचेको थिएन । तर कम्पनीका साझेदारहरु भने यसप्रति चिन्तित थिए । एक्काइसौँ सताब्दीको सुरुवात सँगै इन्टरनेटको दुनियामा डट कमको बेलुन फुटेसँगै धेरै अनलाइन कम्पनीहरु धरासायी बनेपनि अमेजन भने झनै ससक्त बन्यो । कम्पनीले पहिलोपटक सन् २००१ मा मुनाफा हासिल गर्यो ।

पर्सन अफ दि इयर

सन् १९९९ मा टाइम म्यागेजिनले जेफ बेजोसलाई वर्ष व्यक्ति घोषित गर्यो । अमेजनको माध्यमबाट अनलाइन सपिंग यतिधेरै लोकपि्रय बनेको ठहर टाइम म्यागेजिनको थियो ।

मुद्दा मामिला

अमेजन आफुलाई विश्वको सबैभन्दा ठूलो बुक स्टोर दाबी गथ्र्यो । अमेजनको यस्तो दाबी गलत रहेको भन्दै अर्को यस्तै दाबेदार कम्पनीले मुद्धा हाल्यो । मुद्दा अदालतसम्मै पुग्यो र अदालतबाटै टुंगियो । सन् १९९८ मा वालमार्टले अमेजन विरुद्ध आफ्नो गोपनियता चुरेको आरोपमा मुद्दा हाल्यो । यो मुद्दा पनि अदालतसम्मै पुग्यो ।

किताबबाट अन्य सामानतर्फ

अमेजनले सन् १९९७ । ९८ मा केही यस्ता कम्पनीहरु खरीद गर्यो जसले अनलाइनमार्फत कपडा तथा विद्युतिय सामानहरु बेच्दथे । यस प्रकारले अमेजन किताबका अलावा अन्य सामानहरु समेत अनलाइनबाट बेच्न सुरु गर्यो । यसअघि अमेजनले किताबसँगै म्युजिक सिडी तथा क्यासेटहरु पनि बेच्ने गरेको थियो ।

वाशिंटन पोष्ट खरिद

सन् २०१३ मा जेफले अमेरिकाको पूरानो पत्रिकामध्येको एक वाशिंटन पोष्ट खरिद गरेर सबैलाई अचम्ममा पारे । उनले २५ करोड डलरमा वाशिंटन पोष्ट खरीद गरेका थिए ।

दुनियाकै तेश्रो धनाढ्य

अमेजनका मालिक जेफ बेजोस फोब्र्सको विश्वका अर्वपतिहरुको सूचिमा तेश्रो स्थानमा पर्न सफल भए । उनले वारेन बफेटलाई पनि पछि पारे । बेजासेको कुल सम्पत्ति ६४ अर्ब ९० करोड डलर छ ।

अमेजनको लोगो

अमेजन डटकमको सुरुवातको लोगोमा नदीमा बनेको बाटोजस्तो थियो जसमा अंग्रेजी अक्षर ए को आकृति थियो । अहिले भने अमेजनको लोगोमा अमेजनको अंग्रेजी हिज्जे एएमएजेडओएन का साथै एउटा एरोको सहायताले ए देखि जेड सम्म जोडेर मुस्कुराएको अनुहार जस्तो बनाइएको छ । यसको अर्थ अमेजनले आफ्ना ग्राहकहरुलाई खुसीसाथ सामानको डेलिभरी गर्दछ र यसमा अनलाइन डेलिभर हुने सबै चिज पाइन्छन् भन्न खोजिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment