Comments Add Comment

अब गाइको होइन सांग्लाको दुध, दिन्छ ४ गुणा बढि फाइदा

COCKROACH MILKकेही असम्भव कुरालाई जनाउनु पर्दा बोकाको दुध भनेर भनिन्छ । त्यस्तै सांग्लाको दुध भनेर कसैले भन्यो भने त्यसलाई हरिलट्ठक बाहेक अरु के भन्न सकिएला र ? भन्नुहोला ।

तर होइन, कुनै हरिलट्ठकले नभै वैज्ञानिकहरुले नै सांग्लाको दुध पत्ता पत्ता मात्र लगाएका छैनन् त्यो दुध गाईको दुधभन्दा ४ गुणा बढि लाभदायी हुने तथ्य पनि पत्ता लगाएका छन् ।

प्यासिफिक बिटल कक्रोच नामक सांग्लाबाट यस्तो दुध पाइन्छ । यो सांग्लाको दुधलाई अतिरिक्त प्रोटिन आपूर्ति गर्ने प्रोटिन सप्लिमेन्टको रुपमा समेत सेवन गर्न सकिने वैज्ञानिकहरुको भनाई छ ।

भारतीय वैज्ञानिकहरुले गरेको अनुसन्धान अनुसार यो सांग्लाको दुध सुपरफूड नै हो । यो प्रजातिको सांग्लाको सरीरभित्र यस्तो दुध उत्पादन हुन्छ जसमा प्रोटिनका क्रिस्टल हुन्छन् । पोथी सांग्लाले आफ्नो गर्भको बच्चालाई गर्भैमा समेत यो दुध पिलाउँदछ ।

शोधकर्ता संचारी बनर्जीले टाइम्स अफ इण्डियालाई बताए अनुसार यो सांग्लाको दुध पूर्ण भोजन अर्थात् कम्प्लिट फूड हो । यसका प्रोटिन, फ्याट तथा कार्बोहाइड्रेट लगायतका तत्व पाइन्छन् । सांग्लाको दुधको प्रोटिनमा सरीरलाई चाहिने सबैखाले एमिनो एसिड पाइने दाबी वैज्ञानिकको छ ।

इन्टरनेसनल युनियन अफ क्रिस्टेलोग्राफी जर्नलमा यस सम्बन्धी शोध प्रकाशित भएको छ । यद्यपि किरा फट्यांग्रालाई सुपरफूडका रुपमा प्रयोग गर्न सकिने कुरा गरिएको यो पहिलो अनुसन्धान भने होइन ।

अघिल्लो वर्षमात्रै अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुले रातो मासुको साटो सांग्ला खान सुझाव दिएका थिए । प्रोटिनका लागि रेड मिटको साटो सांग्ला खानु निकै उत्तम हुने सुझाव शोधकर्ताहरुको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment