Comments Add Comment

सत्ता समिकरण बारे कांग्रेस-माओवादीले मधेसी दलहरुसँग छलफल गर्दै

sherbahadur and prachanda१५ साउन, काठमाडौं । सरकार सञ्चालका लागि न्यूनतम साझा कार्यक्रम तयार गर्न गठन भएको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको कार्यदल छलफलमा जुटेको छ ।कार्यदलले आज मधेसी मोर्चा आवद्ध दलहरुसँग छलफल गर्दै छन् ।

छलफलमा नयाँ सत्ता समिकरण, सरकारको न्युनतम साझा कार्यक्रम तयार पार्ने बिषयमा केन्द्रीत हुने जनाइएको छ । उता मधेसवादी दलहरुले भने सत्ता समिकरण र साझा कार्यक्रम भन्दा पहिले मधेसको मुद्धा समबोधन पहिलो सर्त रहेको बताउँदै आएका छन् ।

उनीहरुले मधेसको माग सम्बन्धमा नयाँ बन्ने सरकारका तर्फबाट ठोस कार्ययोजना आएमा सरकारमा सहभागी हुने संकेत गरेका छन् ।

बैठक सिहदरवारस्थित राज्य व्यवस्था समितिको सभाहलमा  विहान साढे १० बजेपछि बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment