Comments Add Comment

विदुरमा घरेलु तथा साना उद्योग प्रवर्द्धन ग्राम बनाइने

फाइल फोटो
फाइल फोटो

१५ साउन त्रिशूली (नुवाकोट) । घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धन गरी घरेलु उत्पादनको बजार विस्तारका लागि लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन  ग्राम निर्माण गर्ने तयारी थालिएको छ ।

विदुरमा घरेलु तथा साना उद्योग महासङ्घ जिल्ला समितिले घरेलु तथा साना उद्योगीले उत्पादन गरेको वस्तुको प्रदर्शनी, उत्पादन एवम् बजारीकरणका लागि ग्राम निर्माण गर्ने भएको हो ।

महासङ्घले इलम प्रशिक्षण केन्द्र अगाडिको सिल्पकला प्रदर्शनीको छ रोपनी जग्गा सरकारसँग भाडामा लिएर उद्यमशीलताका विभिन्न कार्यक्रम सञ्चालन गर्न लागेको महासङ्घका जिल्ला अध्यक्ष सीताराम रिमालले बताए ।

विदुरमा शुक्रबार आयोजित छलफल कार्यक्रममा लघु, घरेलु तथा साना उद्यमीका उत्पादन बिक्रीको लागि कोसेली घर एवम् उद्योग प्रवद्र्धन ग्रामका लागि आवश्यक योजना बनाएर अघि बढाउनुपर्ने सरोकारवालाले बताएका छन् ।

महासङ्घका अध्यक्ष रिमालले घरेलु उद्योगलाई प्रोत्साहन र बारीकरणमा सहयोग गर्नका घरेलु उद्योग ग्रामले महत्वपूर्ण भूमिका खेल्ने बताए । घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटका प्रमुख रामबहादुर रानाले घरेलु उद्योगीलाई प्रोत्साहन बजारीकरण र क्षमता विस्तारको लागि कार्यालयले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र घरेलु सिल्पकला प्रदर्शनीको जग्गा घरेलु उद्योग प्रवद्र्धनकै लागि उपलब्ध गराउन कार्यालयले समन्वय गर्ने बताए ।

महासङ्घका सचिव माधवकुमार गजुरेलले घरेलु उद्योगको विकास गर्न सकिएमा देशबाट बाहिरिने युवा शक्ति रोजगार र आत्मनिर्भर बन्ने बताउँदै देशको विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment