Comments Add Comment

प्रधानमन्त्री ओली र डा. बाबुराम भट्टराइलाई ब्याङ्ग्य गर्दै तीज गीत

teej-song

काठमाडौं । काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको सन्दर्भ जोडेर गर्ने भाषण सुनेर ताली बजाउनेहरु अहिले पनि घटेका छैनन् । काठमाडौमा आयोजित प्राय कार्यक्रममा राष्ट्रवादी भाषण गर्ने ओलीका आश्वासनलाई कलाकारले भने ब्याङ्य गर्ने क्रम सुरु भएको छ ।

प्रधाजमन्त्री ओलीको यहि प्रसंग समेटेर ‘दुःखका दिन गए’ शीर्षकमा नवीन पौडेल र उर्मिला घर्तीले ब्याङ्ग्य गर्दै गीत गाएका छन् ।

अर्का नेता डा. बाबुराम भट्टराईको नयाँ पार्टी गठन प्रकृयालाई पनि केहि कलाकारले ब्याङ्ग्यको विषय बनाएका छन् । बाबुरामको नयाँ पार्टी माथी पनि देवी हमालसंग मिलेर अर्को गीत गाए ‘नयाँ पार्टी खोल्छु’ ।

राजनितीमा लाग्नेहरुको सबै भन्दा धेरै आलोचना सुनेका नवीन आशावादी पनि दलका नेताहरुप्रति नै छन् ‘देश बनाउने र बिगार्ने जिम्मा दलहरुकै हो त्यसकारण स्यावासी र आलोचना दुबै पाउछन्’ उनले भने ।

उनको गीतमा पल्पसा डंगोल ‘चम्सुरी’ र कमल गाउँले, बिजय थापा र ऋचा थापाले मोडलिङ गरेका छन् ।

दर्शकले भने तीज गीत गाउ

नविन पौडेलले लोक गीत गाउन थालेको दुइ दशक पुरा हुन लाग्यो । लोक र दोहोरी गीत गाएका नवीनलाई लाग्थ्यो । तीज गीत त महिलाहरुले मात्रै गाउँने हो । ‘तीज गीत त महिलाहरुले मात्रै गाउने गीत जस्तो लाग्थ्यो यसपाली आफैंले गाएँ’ अनलाइनखबरसंग कुरा गर्दै भने ।

स्टेजमा मज्जाले प्रभाव पार्ने नवीन केहि महिना अघि कार्यक्रम प्रस्तुतिका लागि जापान गएका थिए । गाइसकेपछि दर्शकले भने ‘दाइ तपाइको तीज गीत सुन्न पाईएन’ काठमाडौ आए लगत्तै केहि साथीसंग सल्लाह गरे र गाए । भन्छन् ‘अब हरेक वर्ष तीजको गीत गाउँछु’ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment