Comments Add Comment

क्रिकेटर अपहरणको कथामा ढिसुम्

चलचित्र ढिसुम्

निर्देशकः रोहित धवन

कलाकारः जोन अब्राहम, वरुण धवन, ज्याकलिन फर्नाडिस, अक्षय खन्नाआदि

Dhimus

ढिसुम एक्सन एडभेन्चर फिल्म हो । जुन फिल्मको कथा किडन्याप भएको भारतीय क्रिकेटरको खोजी वरिपरि घुमेको छ ।

निर्देशक रोहित धवनले यसअघि सुपरहिट फिल्म ‘देसी ब्वाईज’ बनाएका थिए । त्यसकारण पनि दर्शक उनको फिल्मप्रति बढी नै आशावादी हुन सक्छन् । यो उनको दोस्रो फिल्म हो । ढिशुमवाटै अक्षय खन्ना चार वर्षपछि ठूलो पर्दामा फर्किएका छन् ।

रोहित आफैंले लेखेका छन् फिल्मको कथा । फिल्ममा प्रस्तुत गरिए अनुसार भारत पाकिस्तानको फाइनल म्याच हुनु भन्दा ठिक एक दिन अघि उत्कृष्ठ भारतीय ब्याट्सम्यान विराज शर्मा (साकिब सलीम) को अपहरण हुन्छ ।

ति उत्कृष्ठ क्रिकेटरलाई खोज्ने जिम्मा भारतीय प्रहरि अफिसर कबीर शेरगिल -जोन अब्राहम)ले पाउछन् । जसको सहयोगी हुन्छन् जुनैद अन्सारी -वरुण धवन) । दुवैजनासंग जम्मा ३६ घण्टाको समय हुन्छ । त्यो ३६ घण्टाभित्र कबीरले सकिबलाई शकुशल उद्दार गर्न सफल हुन्छन् कि हुन्न् त्यसका लागि भने हलमै जानुपर्ने हुन्छ ।

निर्देशन कस्तो छ ?

फिल्मको कथामा नयाँपन भेटिदैन । तर, स्क्रिप्ट लयमा छ । दर्शकलाई फिल्म हेर्दा झर्को लाग्दैन । पहिलो हाफमा हल्का कमेडी पनि छ, जसको कारण दर्शकले झर्को मान्ने अवस्था आउदैन । दोस्रो हाफको एक्सनले पनि दर्शकलाई उत्तिकै मोहित बनाउछ ।

अभिनय

जोन अब्राहमले आफ्नो बडी पटक पटक देखाएका छन् । उनले अभिनयमा अझै बढी मेहनत गरेको भए हुन्थ्यो । वरुणको अभिनय हेरेर दर्शक रमाउछन् ।

खलनायक वाघाको भुमिकामा अक्षय खन्नाले राम्रो अभिनय गरेका छन् । लाग्छ अक्षयको आगामी यात्रा निकै सुखद छ । उनी खलचरित्रमा जमेका छन् । ज्याकलिन फर्नाडिसले पनि राम्रो अभिनय गरेकी छिन् ।

प्रीतम आफैंमा राम्रा संगीतकार हुन् । सौ तरह के..बोलको गीत फिल्म रिलिज अघि नै हिट भएको छ । टाईटल संग ढिसुम पनि चर्चामा छ । अन्य गीत पनि नराम्रो छैन । एक्सन फिल्म मन पराउनेहरुले ढिशुम हेरेर मनोरञ्जन लिन सक्नेछन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment