Comments Add Comment

सांसदहरुलाई डा. केसीको चुनौतीः लोकतन्त्र वा लोकमानतन्त्रमध्ये एक रोज

ओली, देउवा र प्रचण्डले लोकमानलाई बोकेको आरोप

dr kc

१५ साउन, काठमाडौं । आफ्नो समर्थकसँगै सडकमा उत्रिएका डा. गोविन्द केसीले लोकतन्त्र वा लोकमानतन्त्रमध्ये एक रोज्न सांसदहरुलाई आग्रह गरेका छन् ।

समर्थकहरुले शनिबार निकालेेको ‘वाक विथ डा. केसी’ नामक पदयात्रामा डा. केसी आफैं सहभागी भए । माइतीघर मण्डलाबाट सुरु भएको पदयात्रा बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।

१५ दिन लामो अनसन तोडेको पाँचौं दिनमै सडकमा उत्रिएका डा. केसीले आफ्ना समर्थकहरुलाई सम्बोधन गरे । उनले आफू स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि लडिरहेको भन्दै आफूलाई साथ दिनेहरुलाई धन्यवाद दिएका छन् । यो पटक पनि अनसन सम्झौतामा टुंगिएको भन्दै उनले सम्झौता लगतै उल्लंघनको प्रयास भएको समेत बताए । उनले भने, ‘तर, हामी सम्झौता उल्लंघन गर्न दिन्नौं ।’

अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई भ्रष्टाचारको नायक भन्दै डा. केसीले उनीमाथि समानान्तर सत्ता चलाएको र संविधानभन्दा माथि हुन खोजेको आरोप लगाए । लोकमानबारे सांसदहरु मौन बसेको भन्दै उनले भने, लोकतन्त्र वा लोकमानतन्त्र मध्ये एक रोज । लोकमानतन्त्र अन्त्य गर्न सक्दैनौं भने राजीनामा देऊ ।’

सरकार बनाउन सामान्य बहुमत चाहिने तर, अख्तियार प्रमुखलाई हटाउन दुई तिहाई चाहिने व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले यसले तानाशाह जन्माउने दाबी गरे ।

कार्यक्रममा डा. जीवन क्षेत्रीले केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डको नाम नै लिएर लोकमानलाई बोकेको आरोप लगाए । अरु भन्दा प्रचण्डले लोकमानलाई बढी बोकेको भन्दै उनले भने, सिनो कहिलेसम्म बोक्नुहुन्छ ?’

उनले कि त लोकमानलाई भ्रष्टाचारी होइनन् भन्न र आफूहरुलाई जेल हाल्न वा लोकमानलाई कारबाही गर्ने साहस देखाउन तीन दलका नेताहरुलाई चुनौती दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment