Comments Add Comment

नेपाल-भारतबीचको सम्बन्धमा पुनरावलोकन गर्नुपर्छ: डा. भट्टराई

१५ साउन, धनगढी । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ सन्दर्भमा नेपाल-भारतबीचको सम्बन्धमा पुनरावलोकन गर्नुपर्नेमा जोड दिएका छन् ।

Dr.-Baburam-Bhattaraiशनिबार बिहान धनगढीमा आयोजित पत्रकार भेटघाटमा भट्टरार्इले  दुई देशबीचको सम्बन्धमा पुनरावलोकन गर्न भारत तयार रहनुपर्ने बताए । ‘नेपाल-भारतबीचको सम्बन्धमा पुनरावलोकन गर्नुपर्छ,’ उनले भनेका छन्, ‘यसमा भारत पनि तयार रहनुपर्छ र नेपालले पनि पुनरावलोकनका लागि आँट गर्नुपर्छ  ।’

संयोजक भट्टराईले विगतमा राजनीतिक अस्थिरताका कारण नेपालले पनि पहल लिन नसकेको र भारतले पनि सकारात्मक भूमिका खेल्न नसकेको बताए । उहाँले नेपाल-भारत सीमा नजिकै भारतले बाँध बनाएको सन्दर्भमा पहिले नै अन्तर्राष्ट्रिय मान्यताका आधारमा दुबै देशबीचमा समझदारी कायम गर्नुपर्ने धारणा राखे । ‘एउटा देशलाई अप्ठेरो पर्ने गरी अर्को पक्षले एकपक्षीय रुपमा संरचना निर्माण गर्नु राम्रो होइन,’ उनले भने ।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले प्रस्तावित ७ नं. प्रदेशको सीमांकनको विवादलाई पहिलो संविधानसभाको समिति र राज्य पुन:संरचना आयोगको प्रतिवेदनको आधारमा समाधान गर्नुपर्ने बताए ।

उनले गत वर्ष भदौ ७ र ८ गते कैलालीमा घटेको घटनाबाट सिर्जित समस्याको तत्काल निरुपण गर्नुपर्नेमा जोड दिए । ‘भदौ ८ मा थारु समुदायको ८२ घर जलेको रहेछ,’ नयाँ शक्ति नेपालका संयोजक डा. भट्टराईले भने ‘त्यसमा प्रशासनले राहतका लागि सिफारिस गरेको छ त्यो चाँडै कार्यान्वयन गर्नुपर्छ ।’

उनले भदौ ७ को घटनाको सन्दर्भमा पनि उच्चस्तरीय स्वतन्त्र न्यायीक छानबिन आयोग बनाएर निरुपण गर्नु उपयुक्त हुने सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment