Comments Add Comment

सरकार भन्दा संविधान कार्यान्वयमा सहमति खोजौंः श्रेष्ठ

१५ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सहमतिय सरकार भन्दा पनि संविधान कार्यान्वयमा राष्ट्रिय सहमति कायम गर्नु आवश्यक रहेको बताएका छन् ।

Narayankaji Shresth Prakashवर्तमान मुलुकको राजनितिक अवस्थामा सहमतिय सरकारका पहल कदम भएपनि त्यो संभव नरहेको भन्दै नेता श्रेष्ठले संविधान कार्यान्वयनमा राष्ट्रिय सहमति जुटाउनुपर्नेमा जोड दिए ।

गोरखा समाज सेवा केन्द्रको आठौं अधिवेशन एंव एघारौ साधारणसभालाई राजधानीमा सनिबार सम्बोधन गर्दे नेता श्रेष्ठले मुख्य चुनौतीको विषय संविधान कार्यान्वयनमा नै सबैको ध्यान जानु जरुरी रहेको बताए ।

संविधान घोषणा गर्ने सम्पुर्ण शक्ति मिल्ने संभावना नरहेकाले मुलभुत एजेण्डामा राष्ट्रिय सहमति कायम गरि अघि बढ्ने तर्फ आफुहरु लागेको उनले बताएका छन् ।

गोरखा समाज सेवा केन्द्र गोरखा जिल्लाबाट काठमाण्डौमा आई विभिन्न पेशा व्यवसायमा लागेकाहरुको संगठीत संस्था हो । यसले जिल्लासंग जोडिएका विभिन्न सामाजिक र ऐतिहासिक विषयमा राजधानी केन्द्रीत कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment