Comments Add Comment

घरिघरि ‘काँध फेर्ने’ खेल अन्त्य हुनुपर्छः रेग्मी

Khilraj-Regmi

१५ साउन, काठमाडौं । पूर्व प्रधानन्यायधीश तथा मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले सरकार परिवर्तनको खेलले देशलाई निकास र विकास दिन नसक्ने बताएका छन् ।

उनले विकासको मूल जिम्मेवारी लिने घरि-घरि ‘काँध फेर्ने’ खेल अन्त्य गरेर आम जनताको भावनामा अनुरुप चल्नुपर्ने बताए ।

काठमाडौंमा गाउँ सेवा परिवार, स्याङ्जाको २० औं साधारणसभामा रेग्मीले अब बन्ने सरकारसँग सबैभन्दा ठूलो संविधान कार्यान्वयनको जिम्मेवारी रहेको भन्दै काँधमा जिम्मेवारी बोक्नेले मस्तिस्कमा समझदारी पनि बहान गर्नुपर्ने बताए । ‘यि दुई कुरालाई ध्यानमा राखिएन भने अझै समस्याहरु बढ्न सक्छन् । संविधान कार्यान्वयनका लागि विभिन्न काममा समय सीमाहरु तोकिएका छन्’ रेग्मीले भने, ‘समयमै काम भएनन् भने संवैधानिक जटिलता आउने छ । त्यसैले सरकारले संविधान कार्यान्वयनमा केन्दि्रत भएर काम गर्नुपर्छ ।’

उनले अब शिक्षा, रोजगारी र आर्थिक समृद्धिका लागि काम गर्नुपर्ने भन्दै उनले राजनीतिको जोड घटाउले देश झन दलदलमा फस्ने पनि बताए । ‘११ सयको लागि जागिर खोल एक लाख बढीले आवेदन दिँदैछन्’ रेग्मीले भने-‘यो कति भयावह अवस्था हो भनेर विश्लेशष गर्नुपर्छ । युवा शक्तिलाई अवसर दिन योजनाहरु बन्नुपर्छ ।’

निर्यात दर घट्दो र आयात बढ्दो रुपमा देखिएको बताउँदै पूर्वअध्यक्ष उनले राजनीति गर्नेले अब देशलाई सर्बोपरी ठानेर काम गर्नुपर्ने पनि उल्लेख गरे ।

कार्यक्रममा रेग्मीले गाउँ सेवा परिवारले प्रकाशन गरेको कालीगण्डकी स्मारिकाको बिमोचन गरे । स्याङ्जाको बिर्घाबाट काठमाडौं आएर बसेकाहरुले स्थापना गरेको गाउँ सेवा परिवारले विभिन्न सामाजिक क्षेत्रमा काम गरिरहेको सचिव टोकराज पाण्डेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment