Comments Add Comment

एनआरएनको यूरोपेली क्षेत्रीय बैठक डेनमार्कमा सुरु

nrna-europe1
बार्सिलोना  । गैर आवासीय नेपाली संघको नवौं युरोपेली क्षेत्रीय बैठक तथा सातौं महिला सम्मेलन सुरु भएको छ। डेनमार्कको कोपेनहेगनमा दुई दिन सम्म चल्ने यूरोपेली बैठक शनिबारदेखि सुरु भएको हो।

“युरोपका नेपालीको अभियान: लगानी, पुनर्निर्माण र पर्यटन” भन्ने नारा सहित सुरु भएको युरोपेली बैठकको उद्घाटन सम्पन्न भएको छ। प्रमुख अतिथिको रुपमा डेनमार्क स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदूत रामकाजी खड्का, गैर आबासीय नेपाली संघका केन्द्रिय अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष डा.उपेन्द्र महतो संघका, प्रमुख संरक्षक तथा पुर्ब अध्यक्ष जीवा लामिछाने, नेपाल उद्दोग बाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारकाले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका छन्।

nrna-europe2
युरोपेली बैठकमा संस्थापक अभियन्ता रामप्रताप थापा, आईएमई गुप्रका अध्यक्ष चन्द्रप्रसाद ढकाल, संघका संरक्षक दिल गुरुङ, उपाध्यक्ष द्वयकुमार पन्त र भवन भट्ट, महासचिव डा.बद्री केसी, सचिव अर्जुन कुमार श्रेष्ठ, महिला संयोजक सपिला राजभण्डारी, सह-संयोजक रजनी प्रधान, युरोप संयोजक कुल आचार्य, उप संयोजक प्रेम गुरुङ, दावा जी शेर्पा, अन्तराष्ट्रिय समन्वय परिषदका सल्लाहकारहरु, यूरोप क्षेत्रका आईसीसी सदस्यहरु, राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुको बाक्लो उपस्थिति छ।

तयारी समितिका सदस्य सचिव सोमनाथ सापकोटाका अनुसार युरोपमा रहेका २७ राष्ट्रिय समन्वय परिषद मध्ये १९ देशहरुबाट करिब २ सय ५० गैर आबासीयहरु बैठकमा सहभागिता जनाएका छन्। युरोप क्षेत्रका संयोजक कुल आचार्यको अध्यक्षमा चलिरहेको बैठकमा शुभकामाना मन्तब्य राख्ने क्रम जारी रहेको छ।

युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुका गतिबिधिलाई समेटेर तयार गरिएको स्मारिकाको समेत बिमोचन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment