Comments Add Comment

तिलाठी झडपका घाइते देवनारायणलाई उपचारका लागि काठमाडौं ल्याइयो

dev-narayan१५ साउन, काठमाडौं । सप्तरीको तिलाठीमा साउन १३ गते भारतीय पक्षबाट दशगजामा नदीको बहाव थुनेर तटबन्ध बनाएपछिको झडपमा घाइते हुनुभएका पूर्व जिविस सदस्य देवनारायण यादवलाई उपचारका लागि शनिबार काठमाडौं ल्याइएको छ ।

राष्ट्रिय स्वाधीनताका लागि युवा अभियान नामक अनौपचारिक समूहको पहलमा यादवलाई स्वयम्भूस्थित प्रस्तावित मनमोहन शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अभियानको पहलमा विराटनगरबाट विमानमा यादवलाई काठमाडौँ ल्याइएको अभियानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यादवलाई आवश्यक उपचारको सम्पूर्ण व्यवस्थासहित काठमाडौँमा रहँदा लाग्ने खर्च अभियानले नै जुटाउने अभियानका सदस्य राजेश राईले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment