Comments Add Comment

रिओ ओलम्पिकमा फुपुल्हामुले नेपाली झन्डा बोक्ने

Nepal-in-Reo

१५ साउन, काठमाडौं । ब्राजिलको रियोमा ५ अगस्टबाट शुरु हुने ओलम्पिक खेलको उद्घाटनमा नेपाली टिमको नेतृत्व गर्दै जुडोकी फुपुल्हामु खत्रीले झन्डा बोक्ने भएकी छन् ।

शनिवार नेपाल ओलम्पिक कमिटीको भवनमा आयोजीत कार्यक्रममा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले यो घोषणा गरेको हुन् । ‘भर्खरै भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुदमा उहाँले स्वर्ण जित्नु भएको थियो । त्यसैगरि अन्य खेलहरुमा पनि उहाँको उत्कृष्ट पदर्शन रहेको छ त्यहि पदर्शनको आधारमा उहाँलाई चयन गरिएको हो’ एनओसी अध्यक्ष श्रेष्ठले भने, ‘एनओसीको कार्यकारीणी समितिको बैठकले सो निर्णय गरेको हो ।’

श्रेष्ठले ग्लोबन आइएमइ बैंकले ओलम्पिकमा सहभागी हुने टिमलाई ड्रेस प्रायोजन गरेको र तयारीका लागि १० लाख रुपैयाँ प्रदान गरेको समेत जानकारी गराए । साथै केहि दिनमा नै सिवानी एयरसँग बाषिर्क रुपमा प्रायोजनको विषयमा सम्झौता हुन लागेको समेत उनले घोषणा गरे । सिवानी एयरले एनओसीलाई बाषिर्क २० लाख प्रदान गर्ने सहमति भएकोछ । सम्झौता हुन बाँकी  छ ।

एनआरएनएका अध्यक्ष शेष घले पनि एनओसीका अतिथिका रुपमा रियो ओलम्पिकमा सहभागी हुदैछन् । एनआरएनसँग एनओसीको सम्झौता भए को छ । ‘हामीले २०२० सम्मका लागि एनआरएनसँग सम्झौता गरेका छौं । एनआरएनका खेलाडीले पनि सहभागीता जनाउने छन् । यस पटक पनि गौरिका सिंह रहेकी छन्’ श्रेष्ठले भने ।

जुडोकी फुपुल्हामु खत्रीले ९ अगस्टमा प्रतिस्पर्धा गर्नेछिन् । उनले महिला ६३ केजी तौलसमूहमा प्रतिस्र्धा गर्नेछिन् । त्यसैगरी आर्चरीका जितबहादुर मुत्ताङले व्यक्तिगत कर्वतर्फ प्रतिस्पर्धा गर्ने छन् । तेक्वान्दोकी निशा रावलले २० अग्रस्टमा ६७ भन्दा बढि तौलसमूहमा प्रतिस्पर्धा गर्नेछिन् । त्यसैगरी एथलेटिक्ककी सरस्वती भट्टराईलाई १५ सय मिटरमा १२ अगष्टमा प्रतिस्पर्धा गर्नेछिन् ।

पुरुषका एथलेटिक्स खेलाडी हरिकुमार रिमालले ५ हजार मिटर दौडतर्फ भाग लिएका छन् । उनको प्रतिस्पर्धा १७ अगष्टमा हुने छ । त्येग्रि पौडीतर्फ ७ अगष्टमा महिलाको एक सय मिटर ब्याकस्ट्रोकमा गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छिन् । उनी लन्डनमा नै रहेकी छन् । उतैबाट ब्राजिलको रियो जाने कार्यक्रम रहेको छ । पुरुष पौडी खेलाडी शिरिष गुरुङले १ सय मिटर पि|mस्टाइलमा प्रतिस्पधा गर्ने छन् । उनको प्रतिस्पर्धा ९ अगष्टमा हुने छ ।

रियो ओलम्पिकमा नेपालबाट पाँच खेलका सात खेलाडीले सहभागीता जनाउँदैछन् । पौडीतर्फ शिरिष गुरुङ र गौरिका सिंह छन् । पौडीको प्रशिक्षकाम इश्वरकुमार कार्की रहेका छन् । टिम अफिसियलमा पौडीका अध्यक्ष अशोक बज्राचार्य छन् । त्यसैगरि जुडोबाट फुपुल्हामु खत्रीले भाग लिर्दैछिन् । उनकी कोच देव थापा पनि ओलम्पियन हुन् । जुडोका अध्यक्ष दीपकहर्ष बज्राचार्य  टिम अफिसियलमा छन् ।

आर्चरीमा जितबहादुर मोक्ताङले प्रतिस्पर्धा गर्दैछन् कोचमा दिपकराज गुरुङ रहेका छन् । टिम अफिसिलमा रमेशकुमार श्रेष्ठ र समिम मिया अन्सारी  रहेका छन् । तेक्वान्दोतर्फ निशा रावलको प्रशिक्षकमा ओलम्पियन संगिना बैद्य रहेकी छन् । टिम अफिसियलमा राजन श्रेष्ठ छन् । रिओ ओलम्पिकमा एनओसीका अध्यक्ष श्रेष्ठ, महासचिव लामा टेन्डी शेर्पा बाहेक उपाध्यक्ष ज्योती राणा, कोषाध्यक्ष रतन टन्डन, सदस्य निलेन्द्रराज श्रेष्ठ छन् । त्यसैगरि सुजनलाल श्रेष्ठ र टिम डाक्टरमा सरोज कृष्ण श्रेष्ठ रहेका छन् ।

नेपाली टिमका सेफ दि मिसन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट छन् । विष्ट र सुजनलाल श्रेष्ठ शनिवार राती नै रियोतर्फ प्रस्थान गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment