Comments Add Comment

भारतले बाँध बनाएको बिरोधमा क्रान्तिकारी विद्यार्थीको प्रदर्शन (फोटो फिचर)

protest_akhil (5)

१५ साउन, काठमाडौं । नेपाल भारत सीमा दशगजा क्षेत्रअन्तर्गत सप्तरीको तिलाठीमा भएको घटनाको विरोधमा माओवादी केन्द्र समर्थित विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले प्रदर्शन गरेको छ ।

protest_akhil (1)राजधानीको माइतीघर मण्डलामा शनिबार विहान क्रान्तिकारी विद्यार्थीहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले तिलाठीका स्थानीले भारतले एकतफिर्रुपमा निर्माण गरेको बाधँ भत्कार प्रतिरोध गरेको प्रति सम्मान व्यक्त गरेको प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

क्रान्तिकारीले भारतीय हस्तक्षेप बन्द गर, भारतीय दादागिरीको प्रतिवाद गरौँ, तिलाठीका जनताको प्रतिरोधको सम्मान गराैं, मधेस पनि हाम्रो हो, मधेसी पनि हाम्रै हुन जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।  प्रदर्शनमा सहभागीहरुले नेपाली भूमीमा आँखा नलगाउन भारतलाई चेतावनी दिएका छन् ।

protest_akhil (10)करिब एक दशक अगाडि भारतीय पक्षबाट सप्तरीको तिलाठीमा निर्माण गरिएको जीर्ण बाँधलाई बाढीले भत्काएपछि सो बाँधलाई पुनः भारतीय पक्षले एकतर्फीरुपमा बाँध निर्माण गर्न लाग्दा स्थानीय नेपाली युवा र भारतीय पक्षबीच बिहीबार झडप भएको थियो । सो झडपमा परी भारतीय र स्थानीय नेपाली युवा गरी एक दर्जन व्यक्ति घाइते भएका थिए  ।

protest_akhil (7)protest_akhil (6) protest_akhil (4)protest_akhil (2)

यो पनि पढ्नुहोस्

सप्तरीबासी भन्छन्- भारतसँग नझुक्ने हामी नेपाली हौं, नेपाली रहन्छौं !
सप्तरीवासी जनतालार्इ सलाम छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment